Author: एनआरएन

काठमाडौं। सुनसरीमा हिन्दु-मुस्लीम समूहबीचको झगडापछि उत्पन्न तनावले विकराल रुप लिँदै गएको छ। मधेशका जिल्लाहरुमा आगो जसरी तनाव बढिरहेको छ। बुधबार सिराहाको गोलबजारमा भएको झडपका क्रममा गोली लागेर १५वर्षे युवकको ज्यान गएको छ। प्रहरीको गोली लागेर १५ वर्षे गणेश यादबको ज्यान गएको प्रदर्शनकारीको दावी छ। यसअघि आइतबार राती सुनसरीको कप्तानगन्जमा गोली लागेका अर्का युवकको पनि मृत्यु भएको छ। त्यस घटनामा हालसम्म २ जनाको ज्यान गएको छ। घटनाको चार दिनपछि गृहमन्त्री सुदन गुरुङ सोमबार साँझ सुनसरी पुगेका छन्।

Read More

काठमाडौं। सुनसरी तनावका विषयमा सर्वदलीय ७ बुँदे अपिल जारी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बेठकले सुनसरीलगायत विभिन्न जिल्लाहरूमा हालै विकसित अत्यन्तै संवेदनशील, दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गर्दै संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले सुनसरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै रास्वपाले संयमित हुन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। विज्ञप्तीमा भनिएको छ, ‘यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं। रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरु लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत् विशेष निर्देशन दिइन्छ।’ दोषीको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ। ‘ यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित…

Read More

काठमाडौं। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा.प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं…

Read More

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ। सोमबार राती सम्पन्न खेलमा नेपालले नामिबियासँग ३ रनले हार ब्यहोर्‍यो। नेपालले २ सय १२ रनको लक्ष्य पाएको थियो। निर्धारित ५० ओभरमा २ सय ८ रन मात्र जोड्न सक्यो। नेपाललाई अन्तिम ओभरमा १७ र अन्तिम बलमा ५ रन चाहिएको थियो जितका लागि। नेपालको इनिङ्समा आसिफ शेखले ४५, रोहित पौडेलले ४१, आरिफ शेखले ३८ र कुशल भुर्तेलले ३४ रन बनाए। इशान पाण्डे १४, भीम सार्की १ र दीपेन्द्रसिंह ऐरी ३ रन बनाएर आउट भए। अघिल्ला दुवै खेलमा नेपाल एक सय ५७ रनमा सिमित भएको थियो। यो हारपछि नेपाल ३१…

Read More

काठमाडौं। सरकारसँग सहमती भएपछि वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका छन्।  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा कम्तिमा ३०० शैयाको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढाउने, विश्वविद्यालय सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी तुरुन्त पूरा गर्ने, विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनका लागि सम्पूर्ण व्यवस्था तत्काल बन्दोबस्त गर्ने लगायत सहमती बनेको छ। केसी साउन ७ गतेदेखि धनगढीमा अनशन बसेका थिए।

Read More

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएका छन्। सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुग्नुभएका उनले यस्तो धारणा राखे। सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए। ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा गएको मैले पाएको छु,’ उनले भने, ‘उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउनुहोस्।’ नियमनको दायरा हेर्दा राष्ट्र बैंक जत्तिकै गह्रौँ दायित्व बोर्डमाथि रहेको भन्दै उनले विचलित नभई अघि बढ्न र लगानीकर्ताको सम्पत्तिको संरक्षण गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिए। नयाँ सरकार…

Read More

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले उनिहरुलाई विगतमा सफाई पेश गर्न १५ दिनको म्याद दिएको थियो। उक्त अवधिभित्र उनिहरुले पेश गरेको सफाई सन्तोशजनक नदेखिएकोले दोस्रो पटकका लागि ३० दिनको म्याद दिई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ। उनीहरुले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ । सूचना अनुसार २ जना कर्मचारी…

Read More

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ। यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक(एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ। यस्तै, सशस्त्र प्रहरी बल…

Read More

काठमाडौं। त्रिभुवन विश्वविधालय एमबीएस प्रथम वर्षको प्रश्न पत्र आउट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ गरिएकाको नाम गोप्य राखिएको छ। उनिहरुले ह्वाट्स एप ग्रुप बनाएर परिक्षा सुरु भएको ५ मिनेटमै प्रश्न पत्र आउट गरेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले उनिहरुलाई पक्राउ गरेको छ। ८ साउनमा स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो । प्रश्न पत्र आउट भएपछि संलग्नलाई कारबाहीको दायरामा ल्याउन शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरिक्षक-आईजिपी दानबहादुर कार्कीसँग छलफल गरेका थिए।

Read More