Author: एनआरएन

काठमाडौं। वैदेशिक रोजगारीमा जाने नयाँ नेपालीहरूको संख्या घटे पनि रेमिट्यान्स भने बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आवको सुरुको १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर जम्मा १३.३ प्रतिशत मात्र थियो। वैशाख महिनामा मात्रै रेमिट्यान्स संकलनमा ठुलो रेकर्ड कायम भएको छ। वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ नेपाल भित्रिएको छ, जबकि अघिल्लो वर्षको वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ मात्र आएको थियो। राष्ट्र बैंकका अनुसार नयाँ श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या भने गत वर्षको ४…

Read More

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुको १० महिनासम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। समीक्षा अवधिमा देशको विस्तृत मुद्राप्रदाय ९.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा ६.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८३ बैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय १५.२ प्रतिशतले बढेको छ। यसैगरी खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्यांकन नाफा/नोक्सान समायोजित) ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ३२.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ४ खर्ब ३८ अर्ब ५२ करोड अर्थात् २२.० प्रतिशतले बढेको थियो। खुला बजार कारोबार र नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरी अधिक तरलता…

Read More

काठमाडौं । गृहमन्त्रीमा फर्किएका सुदन गुरुङले राजदरबार हत्याकान्डको फाइल खोल्ने निर्णय गरेका छन्। पदभार ग्रहणपछि पत्रकार सम्मेलन गर्दै उनले २५ वर्ष पुरानो घटनाको फाइल खोल्ने निर्णय गरेका हुन्। राजदरबार हत्याकाण्डबारे यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए । गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्न सकिने–नसकिने सिफारिस सहितको प्रतिवेदन तयार गर्न कार्यदल बनाउने निर्णय भएको पनि जानकरी दिए। यस्तै गृहमन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम गठन गर्ने निर्णय पनि भएको छ।

Read More

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गृहमन्त्रीमा सुदन गुरुङलाई फर्काएका छन्। मंगलबार प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङलाई राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्री नियुक्त गरे। स्वतन्त्र सांसद महाविर पुन पनि मन्त्री बनेका छन्। उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि सम्पत्ती स्रोतमाथी प्रश्न उठेपछि तत्कालिन गृहमन्त्री गुरुङले राजिनामा दिएका थिए। न्यायधिशस्तरीय छानबिन समितीले हालै मात्र प्रतिवेदन सरकारलाई बुझाएको थियो। प्रतिवेदन सार्वजनिक नगरिकन बालेनले गुरुङलाई पुन गृहमन्त्रीमा नियुक्त गरेर उनले क्लिन चिट पाएको सन्देश दिएका छन्। गुरुङले राजिनामा दिएपछि प्रधानमन्त्री बालेनले आफै गृहमन्त्रालय सम्हालिरहेका थिए।

Read More

काठमाडौँ। दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सांगीतिक उल्लास र सामाजिक सेवालाई एकसाथ अघि बढाउने भएको छ। आगामी जेठ २९, ३० र ३१ गते दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको रोधी घरमा आयोजना हुने तीन दिने विशेष सांगीतिक उत्सवमा चर्चित गायक तथा मोडल दुर्गेश थापादेखि लोकदोहोरीकी लोकप्रिय गायिका टीका सानुसम्मका दर्जनौँ चर्चित कलाकारहरू एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्। वार्षिकोत्सवलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी क्लबले सामाजिक उत्तरदायित्व समेत वहन गर्दै दृष्टिविहीन तथा सडकमा संघर्षरत कलाकारहरूको हरेक वर्ष आर्थिक सहयोग प्रदान गर्ने घोषणासमेत गरेको छ।क्लबका सञ्चालक सुनिल कुँवरले हालै इन्द्रेणी कार्यक्रममा पुगेर दृष्टिविहीन कलाकारहरूको संघलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान…

Read More

काठमाडौं। नेपालले सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटको उपाधि जितेको छ। सोमबार भएको फाइनलमा नेपालले हङकङलाई D/L बाट १९ रनले हरायो। १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर एक सय १४ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भएको थियो। त्यसपछि खेल सुरु हुन सकेन र निर्णय D/L बाट लिइयो। नेपालका कुशल भुर्तेलले ६५ र रोहित पौडेलले ३५ रन बनाए। यसअघि समूहमा विजेता बनेको नेपालले सेमिफाइनलमा ओमानलाई हराएको थियो।

Read More

काठमाडौं। परराष्ट्र मन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा लिपुलेक,लिम्पियाधुरा नेपालकै भएको दोहोर्‍याएका छन्। स्वेदश फर्कनु अघि आइतबार स्थानीय पत्रकारहरुसँग कुराकानी गर्दै ती भूभाग नेपालको भएकाले भारत र चीनले नेपालको सहमतीविना सम्झौता गर्न नसक्ने बताए। यसअघि मानसरोबर यात्राका लागि उक्त मार्ग प्रयोग गर्ने दुई देशको सहमतीपछि नेपालले दुवै देशलाई कुटनीतिक नोट पठाइसकेको छ। भारतले भने नेपालको दावी नपुग्ने बताउँदै आएको छ।

Read More

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी र क्रिष्टल पावर डेभलपमेण्ट प्रा. लि. का कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य लगायत सहअगुवाई तथा सहभागि बैंकहरुका प्रतिनिधिहरुले हस्ताक्षर गरे। कूल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक सहअगुवाई…

Read More

काठमाडौं-  शसस्त्र प्रहरी बल-एपीएफले नेपाल भित्रिएका चिनियाँ कम्पनी बीवाईडीका ७७४ गाडी नियन्त्रणमा लिएको छ। मुस्ताङको कोरला नाकाबाट नेपाल भित्रिएका ७ सय ७४ वटा चिनियाँ कम्पनी बीवाईडीका गाडी शसस्त्रले नियन्त्रणमा लिएको छ। बीवाईडीको नेपाल वितरक साइमेक्स इंकले ती गाडी भित्र्याएको थियो। बजेटमा कर बढ्ने सूचना पाएर साइमेक्स इंकले कागजमा मात्र जाँचपास गराएको आरोप लागेको छ। गलत कागज बनाएर भित्र्याएको सूचनाका आधारमा गाडीहरू नियन्त्रणमा लिएकाे र अहिले भन्सारका कर्मचारीले परीक्षण गरिरहेकाे सशस्त्र प्रहरीले जनाएको छ। बजेटमा करका दर हेरफेर हुने सूचना पहिले प्राप्त गर्दा साइमेक्स इंकले गाडीहरु पहिल्यै ल्याएको आशंका गरिएको छ। साइमेक्सले बजेटअघिको एक महिनामा सबैभन्दा बढी ८ सय ४० वटा…

Read More

काठमाडौं। छनोट प्रतियोगितामा शानदार जितसहित नेपाल आगामी एसियन गेम्स पुगेको छ। सिंगापुरमा भएको छनोटअन्तर्गत पहिलो खेलमा पहिलो खेलमा चिनलाई २ सय २१ रनले हराएको नेपालले दोस्रो खेलमा बिहीबार मलेसियामाथी एक सय ६७ रनको जित हात पार्‍यो। यी दुवै खेलमा ओपनर कुशल भुर्तेलले सतक बनाए। उनी टी-२० अन्तर्राष्ट्रियका लगातार खेलमा सतक बनाउने पहिलो नेपाली ब्याटर हुन्। मलेसियाविरुद्ध नेपालले २ सय ७६ रनको लक्ष्य दिएको थियो। कुशलले ५४ बलमा १ सय २६ रन बनाए। मलेसिया १ सय ८ रनमा सिमित भयो। नेपालका शेर मल्लले तीन तथा करन केसी, सोमपाल कामी, सन्दीप लामिछाने , दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक एक विकेट लिए।

Read More