काठमाडौं। जेनजी आन्दोलनमा दमन गर्ने तत्कालिन सरकार र त्यसको सत्तारुढ दल अनि प्रहरी प्रशासन विस्तारै खुल्दै गएका छन्। उनिहरु जेनजी आन्दोलन विध्वंस थियो भनिरहेका छन्।
जेनजीका नाममा अरु कसैले वितण्डा मच्चाएको उनिहरुको दावी छ। जेनजीहरुले आन्दोलनका दमनकारीहरुलाई कारबाही गर्नुपर्ने माग गरिरहेका बेला पछिल्लो समय आन्दोलनकारीहरु पक्राउ पर्ने क्रम बढिरहेको छ। जेनजी अभियन्ताहरुमाथी विभिन्न आरोपहरु लागिरहेको छ। उनिहरु खुलेर बोल्न छाडेका छन्।

यता जेनजी सरकार फागुन २१ का लागि चुनावको मिती घोषणा गरेर तयारीमा जुटिरहेको छ।
जेनजीहरु त्यसमा सहभागी हुन आह्वान गरिरहेका छन्। यता तत्कालिन सत्तारुढ दलहरु संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा देखिएका छन्। यो अन्योलताबीच हामीले जेनजी अभियन्ता रक्षा बमसँग समसामयीक विषयमा कुरा गरेका छौँ।


