Author: एनआरएन

काठमाडौं। विश्वकप फुटबलअन्तर्गत बलिया टोलीहरु स्पेन, बेल्जियम र उरुग्वे पहिलो खेलमै बराबरीमा रोकिएका छन्। पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेेले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो। ४० वर्षीय गोलकिपर वोजिन्हाले शानदार प्रदर्शन गरे। उनले स्पेनका ७ वटा प्रहार विफल बनाएका थिए। स्पेनले खेलभर २७ वटा प्रहार गरेको थियो। अर्को खेलमा बेल्जियमले इजिप्टसँग तथा उरुग्वेेले साउदी अरबसँग १-१ गोलको बराबरी खेले। इमाम आसौरले मोहमद सलाहको पासलाई सदुपयोग गर्दै २० ‍औँ मिनेटमा इजिप्टलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा बेल्जियम बराबरीमा पुगेको थियो तर आत्म घाती गोलमा। इजिप्टका डिफेन्डर मोहमद हानीबाट आत्म घाती गोल भएको थियो। यता अर्को खेलमा ४१ औँ मिनेटमा अब्दुलेल अल अम्रीको गोलमा…

Read More

काठमाडौं। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको हो । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन नेपाल सरकारसमक्ष…

Read More

काठमाडौं । तीन दिनसम्म दरबारमार्गको दरबार रोधी क्लब लोकसंगीतको रंगमा रंगियो। एकातिर वरिष्ठ गायक प्रेमराजा महतदेखि विश्व दोङसम्मका चर्चित कलाकारले दर्शकलाई नचाए, अर्कोतिर दृष्टिविहीन तथा संघर्षरत कलाकारप्रति सहयोगको हात बढाउँदै क्लबले सामाजिक उत्तरदायित्वको उदाहरण पनि प्रस्तुत गर्‍यो। २९ जेठदेखि १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक उत्सवमा प्रेमराजा महतको ‘माया भेटियो बन्दीपुरैमा’, राजु परियारको ‘मिर्मिरेको घाम’, श्याम रानाको ‘रेलै सलल’ र दीपिका बयम्बुको ‘मायालाई के दिउँ म बैना’ जस्ता लोकप्रिय गीतले दर्शकलाई झुमाएका थिए। कृष्ण कँडेलले लाइभ दोहोरी प्रस्तुत गर्दै माहोललाई थप जीवन्त बनाएका थिए। कार्यक्रमकै अवसरमा दरबार रोधी क्लबले दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूको सहयोगका लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ।…

Read More

काठमाडौं। चारपटकको विजेता जर्मनीले विश्वकप फुटबलमा शानदार सुरुवात गरेको छ। उसले पहिलो खेलमा क्युरासाओलाई ७-१ गोलले हरायो। विश्वकपमा सहभागी हुने सबैभन्दा कम जनसंख्या भएको देशका रुपमा इतिहास बनाएको क्यारेबियन टापु क्युरासाओ यो खेलमा निरिह देखियो। जर्मनीको फराकिलो जितमा काई हाभार्ट्जले दुई तथा फेलिक्स मेचा, डेनिज उन्दभ, नाथानियल ब्राउन, जमाल मुसियाला, निको स्कल्टरबेकले एक एक गोल गरे। उन्दभले दुई गोलमा असिस्ट गरे। जर्मनीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो। विश्वकपमा डेब्यु टोलीले पहिलो खेलमै यति फराकिलो गोलअन्तरले पराजित भएको ७२ वर्ष यताकै धेरै हो। अन्तिमपटक दक्षिण कोरियाले हंगेरीसँग ९-० गोलको हार ब्यहोरेको थियो। विश्वकप फुटबलमा सबैभन्दा फराकिलो…

Read More

काठमाडौं। विश्वकप फुटबलमा अस्ट्रेलिया र स्कटल्यान्डले शानदार सुरुवात गरेका छन्। आइतबार बिहान अस्ट्रेलियाले टर्कीलाई २-० र स्कटल्यान्डले हैटीलाई १-० गोलले हराए। अस्ट्रेलियाको जितमा कन्नर मेटकाल्फी र नेस्टोरी इरानकुन्डले गोल गरे। यस्तै अर्को खेलमा स्कटल्यान्डका जोन म्याकगिनले निर्णायक गोल गरे।

Read More

काठमाडौं। विश्वकप फुटबलअन्तर्गत सर्वाधिक ५ पटकको विजेता ब्राजिल पहिलो खेलमै बराबरीमा रोकिएको छ। आइतबार बिहान भएको खेलमा मोरक्कोले ब्राजिललाई १-१ गोलको बराबरीमा रोक्यो। दुवै गोल पहिलो हाफमा भएका थिए। सुरुवाती अग्रता मोरक्कोले लिएको थियो, 21 औँ मिनेटमा। मोरक्कोका इस्माइल साइबारीले गोल गरे ३२ औँ मिनेटमा ब्राजिलले खेल बराबरीमा ल्याएको थियो। ब्राजिलका भिनिसियस जुनियरले गोल गरेका थिए। त्यसअघि शनिबार राती भएको खेलमा कतारले स्वीट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो। ब्रिल इम्बोलोले १७ औँ मिनेटमा स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको इन्जुरी समयमा स्वीट्जरल्यान्डका खेलाडीबाट आत्मघाती गोल हुन पुगेको थियो। डिफेन्डर मिरो मुहैमबाट भएको आत्मघाती गोलमा कतारले खेल बराबरीमा ल्यायो र…

Read More

काठमाडौं : मास्टर सेफ सन्तोष शाह पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शाहलाई शुक्रबार जनकपुरबाट नियन्त्रणमा लिएको हो। उनीसहित चार जनाविरुद्ध सकुन्तला अधिकारीले चेक बाउन्सको उजुरी दिएकी थिइन्। एक करोडभन्दा बढीको बिगो रहेको बुझिएको छ। गैह्रिधारामा अधिकारीसँग नै खरिद गरेर त्यहाँ पछि मिथिला थाली सन्चालन गरेका थिए। त्यही कारोबारको रकम चुक्ता नहुँदा अधिकारी प्रहरीकहाँ पुगेकी थिइन्।

Read More

काठमाडौं। घरेलु टोली अमेरिकाले विश्वकप फुटबलमा शनदार सुरुवात गरेको छ। शनिबार बिहान भएको खेलमा पाराग्वेलाई अमेरिकाले ४-१ गोलले हरायो। घरेलु टोलीका फोलारिन बालोगनले दुई गोल गरे। २४ वर्षीय स्ट्राइकर बालोगनको शानदार प्रदर्शनपछि अमेरिका पहिलो हाफमै ३-० गोलले अगाडि बढेको थियो। अग्रता भने पाराग्वेको आत्मघाती गोलबाट भएको थियो। सातौँ मिनेटमा मिडफिल्डर डामियान बोबाडिल्लाको प्रहार आफ्नै पोस्टमा छिरेका थिए। उनी यो विश्वकपमा आत्मघाती गोल गर्ने पहिलो फुटबलर बनेका छन्। बालोगनले ३१ औँ मिनेट र इन्जुरी समयमा गोल गरे। दोस्रो हाफमा पाराग्वेले एक गोल फर्काएको थियो। खेल सकिन लाग्दा अमेरिकाले चौथो गोल पनि थपेको थियो जियोभानी रेनामार्फत। बालोगन इङ्लिस क्लब आर्सनलका एकेडेमी उत्पादन…

Read More

काठमाडौं। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सिमा सुरक्षा बल-एसएसबी प्रवेश गरेको घटनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिसँग जोड्न नहुने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्। मन्त्रि परिषद् बैठकको निर्णय सुनाइरहेका पोखरेललाई सन्चार मन्त्रीले सोधेका थिए, प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय प्रहरी बलको मनोबल बढेको हो? शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले कुनै सम्बन्ध नरहेको जवाफ दिए। ‘प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय प्रहरी बलको मनोबल बढेको होइन, बर्सौंदेखि सुस्तामा यस्तो समस्या आउँदै गरेको थियो। यस्तोमा सबभन्दा धेरै धन्यवाद त्यहाँ बस्ने सुस्ताका नेपाली नागरिकलाई दिनुपर्ने हुन्छ। उहाँहरूले दशकौंदेखि त्यो भूमिलाई संरक्षण गर्दै आइरहनु भएको छ।’ सुस्ता प्रवेश गरेका एसएसबीलाई सिमामा बस्ने नेपालीले खेदेका थिए। उनले सुस्तावासी नेपाली नागरिक नै प्रशंसाका…

Read More

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई छन्। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ । मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नामबाट…

Read More