
Author: एनआरएन
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता १ महिना भित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरु र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ । यसअघि एसइईको नतिजा कहिले प्रकाशन हुने र कक्षा ११ को पठनपाठन सुरु हुने भन्ने अन्यौलता थियो । विद्यार्थी र अभिभावको अन्यौलता चिर्दै शैक्षिक सुशासन कायम गरी पठनपाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसइईको…
काठमाडौं। सर्वोच्च अदालतको प्रधान न्यायधिशमा मंगलबार मनोजकुमार शर्मा नियुक्त भए। यहाँ उल्लेखनीय के छ भने उनको संसदीय सुनुवाई पनि मंगलबार सुरु भएर सोही दिन नै सकिएको थियो। झन्डै दुई तिहाईको एकल बहुमतप्राप्त सरकार भएकाले शर्माको सिफारिसमा संसदीय सुनुवाईमा कुनै असहजता भएन। साँझ नवनियुक्त प्रधान न्यायधिशको सपथ ग्रहण राखिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ गराए। संवैधानिक परिषद्ले चौथो वरियताका शर्मालाई प्रधान न्यायधिशमा सिफारिस गरेपछि स्वंय न्यायलय प्रशासनदेखि प्रतिपक्षी दलहरु अचम्मित भएका थिए। कामु प्रधान न्यायधिश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई पाखा लगाउँदै संवैधानिक परिषद्ले शर्मालाई सिफारिस गरेको थियो। त्यसअघि संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने गरि अध्यादेशमार्फत काननु…
काठमाडौं। नेपालले विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा शीर्षस्थानको स्कटल्यान्डलाई ६ विकेटले हराएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९४ रन जोडेको थियो। कुनै समय ७१-१ अवस्थामा देखिएको स्कटल्यान्डले अन्तिम ५ विकेट १९ रनमा गुमाएको थियो। नेपालका ललितनारायण राजबंशीले ४ र सन्दीप लामिछानेले ३ विकेट लिए। नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। कप्तान रोहित पौडेलले अविजित ७४ रन जोडे। इसान पाण्डेले ५५ रन बनाए। कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रन जोडेका थिए। यो जितपछि नेपाल अंक तालिकाको पाचौँ स्थानमा उक्लिएको छ। नेपालको २७…
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने छ । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये…
काठमाडौं — नेपाली युवामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६ को माहोललाई थप रोमाञ्चक बनाउन ‘स्क्यान मा सुन’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । फुटबलप्रेमी तथा ग्राहक लक्षित यस अभियान अन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहकहरू गोलाप्रथामा सहभागी हुन सक्नेछन् । यस अभियानमार्फत सहभागीहरूमध्ये ३ जना भाग्यशाली विजेतालाई जनही सुनको बल पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, यो योजना जेष्ठ १ गतेदेखी विश्वकप फुटबल प्रतियोगिता २०२६ को खेल अवधिभर सञ्चालन गरिने छ । विश्वकप फुटबल २०२६ को विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित…
काठमाडौं। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले हालै यसलाई सार्वजनिक गरेको छ। ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिने भएको छ।
काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालले घरेलु मैदानमा अमेरिकामाथी शानदार जित हात पारेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ८ विकेटको जित निकाल्यो। टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर १९५ रन जोडेको थियो। स्मित पटेलले ८३, सेहान जयसुर्याले ५० र मिलिन्द कुमारले २८ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए। १२२-१ को अवस्थाबाट अमेरिका एकाएक कोल्याप्स भएको थियो। नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो। ओपनर कुशल भुर्तेलले नटआउट १२० रन जोडे। आसिफ शेखले पनि ५८ रन बनाए। कुशलले आसिफसँग पहिलो…
काठमाडौं । सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। के के छन्, पढ्नुस् :
काठमाडौं : सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरेको छ। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्थासहित दरखास्त आव्हान गरेको हो । विज्ञ समितिले छनोट गर्ने र सर्ट लिस्टमा परेका उम्मेदवारबारे सार्वजनिक राय सुझाव मागिनेछ। ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार विज्ञहरूको मूल्याङ्कन, खुला प्रतिस्पर्धा र सार्वजनिक सुझाव समेतको आधारमा नियुक्ति अघि बढाइने भएको हो । कार्यविधि अनुसार प्रधानमन्त्रीले गठन गरेको सिफारिस समितिले आवश्यकता अनुसार विज्ञहरूको उपसमिति गठन गर्नेछ । विज्ञ उपसमिति वा सिफारिस समितिका नजिकका नातेदार उम्मेदवार भए स्वार्थको द्वन्द्व नहुनेगरि पुनः अर्को…
काठमाडौँ। सरकारले विदेशस्थित १५ जना अवैतानिक वाणिज्य दूत तथा काउन्सिलरहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिएबैठकले यही वैशाख २८ गते सोमबार मध्यान्ह ४ बजे बस्ने संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ र १९४७ को नम्बर ८१ अनुमोदनका लागि संघीय संसदमा…