
Author: एनआरएन
काठमाडौं। अधिकारवादी तीनवटा अन्तर्राष्ट्रिय संस्थलाे सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशलाई पदबाट राजीनामा दिन दबाब दिइएको र नदिएमा महाभियोग लगाउने धम्की दिइएको दावी गरेका छन्। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँलविरुद्ध त्यस किसिमको दबाब आइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। बालेन सरकारले चौथो नम्बरका मनोजकुमार शर्मालाई प्रधान न्यायधिशमा नियुक्त गरेपछि उनिभन्दा वरिष्ठतम तीन जना न्यायधिशहरु दबाबमा परेका थिए। उनिहरुले राजिनामा नदिई काम गरिरहेका छन्।
काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेनका सल्लाहकार कुमार बेनको विवादित भारत भ्रमणबारे कुनै जानकारी नभएको बताएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यस विषयमा विभागीय मन्त्रालय अनविज्ञ रहेको बताए। बेनले सुटुक्क दिल्ली पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाललाई भेटेको विभिन्न रिपोर्टहरुले दावी गरेका छन्। बेनले भने अस्विकार गरिरहेका छन्। यस्तै सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने जनाएको छ । क्षेत्रीले प्रचलित कूटनीतिक अभ्यास बमोजिम सरकारले उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको जानकारी दिए । ‘राजनीतिक दलहरूबीच हुने भ्रमण वा आदानप्रदान सम्बन्धित दलहरूको विषय हो ।…
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमै अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो। कार्यसूचीको ४२ औँ बुँदामा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने।’सोही निर्णयअनुसार त्यतिखेर नेपालमा सञ्चालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएको थियो। यस्ता वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम जारी रहन्छ। यो वर्षको फिफा विश्वकप आयोजना भएयता फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता एप तथा वेबसाइट…
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिए। ‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्। मैले बजारमा सुन्न पाऊँ— कर प्रशासनमा ठूलो सुधार भएछ, कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन्’, उनले भने । उनले कर सङ्कलनका लागि जबरजस्ती र त्रसित बनाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करदाताहरूलाई करको दायरामा समेट्न कर प्रशासकहरूलाई निर्देशन दिए। ‘करदाता त्रसित भएर करको दायरामा नआएको मैले सुन्न नपरोस्। कर तिर्नबाट लुकेका छन् भन्ने अवस्था कसैलाई नआओस्’, उनले भने। कर प्रशासनलाई चुस्त…
काठमाडौं : सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहनुभएको छ। बैठकले समितिलाई अबको सात दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ। नेपालीको गत असार २६ गते वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारको क्रममा निधन भएको थियो। उनको मृत्युपछि नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो। सहमतिको पहिलो बुँदामा भनिएको थियो, ‘यस घटनाको सत्यतथ्य र…
काठमाडौं । सरकारले कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ।वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले मंगलबार विभिन्न क्षैत्रका लागि कामदार लैजाने गरी भाषा परीक्षाका लागि आवदन आह्वान गरेको छ। ७ हजार २ सय कोटाका प्रतिस्पर्धा हुने छ। एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय जना र वन क्षेत्रका लागि १ सय जनाको माग गरेको छ। । आवेदन अनलाइनमार्फत २७ जुलाई, २०२६ देखि २ अगष्टसम्म दिन सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैर कानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको, नेपाल…
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्।अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुहोस्। उक्त बिल नम्बर नै तपाईंलाई लखपति बनाउने नम्बर हो। हाललाई हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिनेछ। बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यन्वयनबारे बिस्तृत जान्न कार्यविधि पढ्नुहोस् ।
काठमाडौं। स्पेन दोस्रोपटक विश्वकप फुटबलको विजेता बनेको छ। सोमबार बिहान भएको फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १-० गोलले हरायो। स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल गरे। एक सय ६ औँ मिनेटमा उनले उक्त गोल गरेका थिए। त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो। अर्जेन्टिना दोस्रो हाफको इन्जुरी समयमा १० खेलाडीमा सिमित भएको थियो। इन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्डका कारण मैदान छाड्नु परेको थियो। स्पेनले यसअघि सन् २०१० मा विश्वकप जितेको थियो। त्यतिबेला युरोकप र विश्वकप लगातार जितेको थियो। यसपटक पनि त्यस्तै इतिहास दोहोर्याएको छ। खेलभर स्पेन हावी भएको थियो। स्पेनका कप्तान रोड्रि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भएर…
काठमाडौं। स्पेन र अर्जेन्टिना विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएपछि लियोनल मेस्सी-लमिन यमालबारे त थुप्रै जानकारी पाइसक्नु भएको होला ! यो प्रतिस्पर्धासँग जोडिएका अन्य महत्वपूर्ण र रोचक तथ्यबारे यहाँ चर्चा गर्ने छौँ -स्पेन साविक युरो कप विजेता र अर्जेन्टिना साविक विश्वकप विजेता हो। अर्जेन्टिना साविक कोपा अमेरिका विजेता पनि हो। युरो कप र कोपा अमेरिका विजेताले प्रतिस्पर्धा गर्ने फाइनलिस्सिमा गत मार्चमा हुने तय भएको थियो तर खाडी त नावका कारण त्यो सन्चालन हुन सकेको थिएन। सन् २०२४ मा अर्जेन्टिनाले कोपा अमेरिका र स्पेनले युरो कप जितेका थिए। त्यसअघि सन् २०२२ मा भएको फाइनलिस्सिमा इटालीलाई हराएर अर्जेन्टिनाले जितेको थियो। सन् २०२१ मा…
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा एमाले उपाध्यक्ष तथा पूर्व अ्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थुनछेक सुनुवाईपछि उक्त आदेश गरेको छ। यसले बालेन सरकारलाई गतिलो झापड दिएको छ। सम्पत्ती शुद्धिकरण विभागले २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै पौडेलविरुद्ध अभियोग पत्र दायर गरेको थियो। पौडेलको हकमा २० करोड ९० लाख बिगो र बैंक मौज्दात ६ लाख ३४ हजार ५४५ जफतको मागदाबी गरिएको छ । तत्काल प्राप्त प्रमाणु को अभाव, आर्थिक लाभ लिएको पुष्टि नहुनु, पदमा रहेको समय र घटनाको मेल नखानु, इन्कारी…