काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने पक्राउ परेका छन्।
उच्च अदालत तुल्सीपुरको आदेशलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राती लामिछानेलाई काठमाडौंस्थित उनकै निवासबाट पक्राउ गरेको हो। त्यसको केही घण्टा अघि मात्र अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई मुद्ध पुर्पक्षका लागि थुनामा पठाइएको थियो। पक्राउ परेका लामिछानेलाई अब अदालतले कागजी प्रकृया पुरा गरेर कारागार चलान गर्ने छ।
यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न थुनछेक आदेश गरेको थियो। उक्त आदेशविरुद्ध सरकार पक्ष र रवि दुवै उच्च अदालत पुगेका थिए।
सहकारी ठगी सम्बन्धी मुद्धामा चारवटा जिल्ला अदालतले रविलाई धरौटीमा छाड्ने आदेश गरेका थिए। अन्य तीनवटा उच्च अदालतमा पनि उक्त आदेशविरुद्ध पुनरावेदन परेको छ र सुनुवाई हुन बाँकी छ।


