काठमाडौं। नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरी फेरी पक्राउ परेका छन्।
टिकापुर घटनामा जन्मकैद भएका चौधरी राष्ट्रपतीले आम माफी गरेपछि छुटेका थिए। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। अहिले अदालतले चौधरीले कैद भुक्तान गर्न बाँकी रहेको भन्दै पत्र पठाएपछि प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो।

बुधबार नागरिक उन्मुक्ती पार्टीको पार्टी एकिकरण कार्यक्रम भइरहेका बेला चौधरी पक्राउ परेका हुन्। चौधरी २०८० जेठ १४ गते छुटेका थिए। त्यसको १२ दिनअघि मात्र सर्वोच्च अदालतले रेशमलाई जन्मकैद सजाय सदर गरेको थियो
। उक्त फैसलाअनुसार रेशमलाई थुनामा राख्न अदालतले प्रहरीलाई पत्राचार गरेको छ। रिगल भनिने योगराज ढकाललाई आम माफी हुने फैसला सर्वोच्च अदालतले उल्टाएको थियो। २०८० कात्तिक १६ गते ढकाललाई सजाय माफी गर्ने फैसला सर्वोच्चले उल्टाउँदै हचुवाका भरमा सजाय माफी नगर्न र पिडित पक्षको पनि सहमती लिन आदेश गरेको थियो।


