काठमाडौं। नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरीलाई पक्राउ गरि थुनामा पठाउन पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

काठमाडौं जिल्ला अदालतले विष्टलाई धरौटीमा छाड्न आदेश गरेको हो। उनीमाथी लिखतसम्बन्धी कसुर गरेको आरोप लगाइएको थियो।
विष्टको अनधिकृत पत्रमा प्रहरीले चौधरीलाई पक्राउ गरि कारागार चलान गरेको थियो। चौधरी डिल्लीबजार कागागारमा पुगेपछि सर्वोच्च अदालतले विष्टलाई पक्राउ गर्न भनेर कुनै आदेश र पत्राचार नभएको स्पष्ट पारेको थियो। त्यसपछि विष्ट पक्राउ परेका थिए।


