काठमाडौं। नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक-एआईजीमा सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन्। बुधबारको बढुवा समिती बैठकले शाहलाई बढुवाका लागि सिफारिस गरेका हुन्।

उनी राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएको टोलीबाट एआईजीमा बढुवा सिफारिस हुने पहिलो अधिकृत हुन्।

यसअघि शाहको टोलीलाई पछि पार्दै उनीभन्दा झन्डै एक वर्षपछि भर्ना भएको टोलीलाई एआईजीमा बढुवा गरिएको थियो।
यता मंगलबार नै ११ जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरिएको छ।
२०५६ सालमा प्रहरी निरिक्षक बनेको टोलीले यसपटक डीआईजी बन्न प्रयाश गरेपनि गृह मन्त्रालयले अघिल्लो ब्याचका टोलीलाई मात्र सिफारिस गरेको छ।




