काठमाडौं। मानव तस्करीमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख नै संलग्न रहेको भन्दै अनुसन्धान सुरु भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले सहसचिवसमेत रहेका तिर्थराज भट्टराईलाई बुधबार नियन्त्रणमा लिएको थियो। भट्टराईको मोबाइल नियन्त्रणमा लिएर उनलाई हाजिरी जमानीमा राखिएको अख्तियारले जनाएको छ। भिजिट भिषामा जानेलाई सेटिङमा पठाएको आरोप भट्टराईमाथी छ।
यसअघि पनि भिजिट भिषामा सेटिङ गरेको आरोपमा विमानस्थल अध्यागमन कार्यालयका अधिकारी, एयरलाइन्सका कर्मचारी र गिरोह पक्राउ पर्ने गरेका थिए।


