काठमाडौं। फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजीले युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। शनिबार राती भएको फाइनलमा पीएसजीले इटालीको इन्टर मिलानलाई ५-० गोलले हरायो।
पीएसजीको जितमा डिजायर डुले दुई गोल गरे। चर्चित असरफ हाकिमीले पनि एक गोल गरे। पहिलो हाफमा २-० गोलले अगाडि रहेको पीएसजीले मध्यान्तरपछि ३ गोल थपेको थियो। पीएसजीले क्लब इतिहासमा पहिलोपटक युरोपियन च्याम्पियन्स लिग हात पारेको हो।

कुनै समय एकपटक हाकिमी, लियोल मेस्सी, नेमार, केलियन एमबाप्पे, एन्जेल डी मारियाजस्ता खेलाडी यो टिममा थिए तरपनि च्याम्पियन्स लिग जित्न सकेको थिएन। एकपटक फाइनलसम्म पुगेको थियो। दुई सिजनअघि मेस्सी र नेमार तथा गत सिजन एमबाप्पले पीएसजी छाडेका थिए।
सन् २०११ मा आक्रामक लगानी गरेको पीएसजी त्यसयता लगातार च्याम्पियन्स लिगका लागि प्रयाश गरिरहेको थियो।


