काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को परीक्षाफल प्रकारशित भएको छ।राष्ट्रिय परिक्षा बोर्डले निकालेको नतिजा अनुसार ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यसअघिको एसईईमा जम्मा ४८ प्रतिशत मात्र विद्यार्थी ग्रेडेड भएका थिए।
नियमिततर्फ ४८ हजार १७७ जना विद्यार्थीहरूले ३.६ जीपीएदेखि ४ जीपीएमा ग्रेडेड भएका छन्।

यसपालि ३.२ जीपीएदेखि ३.६ जीपीएसम्म ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ जीपीएदेखि २.८ जीपीएसम्म ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीएसम्म ४ हजार १२६ जना, १.६ जीपीएदेखि २ जीपीएसम्म ८ जना ग्रेडेड भएको राष्ट्रिय परिक्षा बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
२०६६ सालमा कक्षा दशको परीक्षामा ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। त्यसपछि कोभिडको समयमा कक्षा दशको परीक्षा इतिहासमै सबैभन्दा बढी ९३.५७ प्रतिशत विद्यार्थी २.८ जीपीएदेखि ४ जीपीएसम्म ल्याएर ग्रेडेड भएका थिए।



