काठमाडौं। भोटेकोशीमा अचानक बढेको पानीको बहावले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । चीनतर्फ आएको बाढीले नेपालका नदिनालामा पानीको बहाव बढेपछि क्षति पुगेको हो।
पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ । बाढीले भन्सार कार्यालयमा क्षति पुुर्याएको छ। भन्सार जाँचपासका लागि राखिएका गाडीहरुमा बगाएको प्रशासनले जनाएको छ।

सुरक्षा अधिकारीका अनुसार बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको थियो । मानवीय क्षतिको विवरण भने आइसकेको छैन।


