काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिषामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरुलाई नेपाल फकाईएको छ ।
दिल्ली विमानस्थलबाट एनओसी विना कुवेत जान लागेका महिलाहरुलाई दिल्लीस्थित नेपाली दुतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुदै बिहीबार राति रुपन्देही ल्याइएको छ।

दिल्लीस्थित नेपाली दुतावासमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दुतावासका कर्मचारीको टिमले महिलाहरुलाई सुनौली नाका हुदै रुपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
प्रजिअ घिमिरेका अनुसार महिलाहरुलाई अहिले प्रहरीले काठमाण्डौं ल्याइरहेको छ ।


