काठमाडौं। नेपाल फुड प्रेनरको पहिलो संस्करण भव्यतासाथ सम्पन्न भएको छ। सोल्टी होटलमा आयोजित कार्यक्रममा तीन जना फुड उद्यमी सहभागी थिए।
हस्पिटालिटी गाइड्स प्रालीद्धारा आयोजित कार्यक्रममा शान्ताको अचारकी शान्ता चौधरी, चियावालाका गणेशदेव पान्डे र भाक्का हाउसका विवश काफ्लेले आफ्नो व्यावशायीक अनुभव सेयर गरे।

होटल तथा हस्पिटालिटीको क्षेत्रमा नविनतम सोचसहित नेपालमै उद्यम गरिरहेका व्यवशायीहरुका अनुभव र संघर्ष सुन्ने/सुनाउने र नयाँ पुस्तालाई नेपालमै केही गर्नुपर्छ भन्ने सोचको विकाश गर्न नेपाल फुड प्रेनर सुरुवात गरिएको हस्पिटालिटी गाइड्सका प्रबन्ध निर्देशक सुराच प्रसाईले बताए।
‘ होटल तथा हस्पिटालिटी क्षेत्रमा नेपालमै संघर्ष र सफलता हात पारिरहेका उद्यमीलाई सुनेर नयाँ पुस्ता आकर्षित हुन सक्छ भन्ने सोचसहित यो कार्यक्रम सुरु गरिएको हो’, प्रसाईले भने।
चौधरी, पाण्डे र काफ्ले तीनै जनाले झन्डै आधा आधा घण्टा समय लिएर आफुलाई सुनाएका थिए। उनिहरुको कुरा सुनेर पुरा हल कहिले निकै गम्भिर त कहिले हाँसोले गुन्जिएको थियो। तीनै जना वक्ताले नेपाल फुड प्रेनरले नेपालमै केही गर्छु र गर्नुपर्छ भन्नेहरुका लागि उर्जा दिने बताए।


