काठमाडौं। नेपाली युवालाई भारत पुर्याएर मिर्गौला निकालिएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएका २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली छन् तथा काभ्रेको पाँचनखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार छन्।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ।
सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको थियो।


