काठमाडौं । सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार उक्त आदेश गरेको हो। डिम्ब निष्काशन तथा भण्डारणको कार्य रोकेर सरकारको नियमन र निगरानी प्रभावकारी बनाउन ढुंगानाले आदेश गरेका छन्।

अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी बनाउँदै १ भदौमा रिट दायर गरेका थिए ।
कानुन बनाएर मात्रै महिला तथा किशोरीहरुको डिम्ब निकाल्न र भण्डारण गर्न रिट निवेदकले माग गरेका थिए।




