काठमाडौं। काठमाडौंको गंगबुस्थित एक व्यक्तिको घरबाट ४ करोडभन्दा बढी नगद र ९ केजी सुन बरामद भएको छ।
काठमाडौं प्रहरी परिसरको टोलीले ७६ वर्षीय विनोद श्रेष्ठको घरबाट ४ करोड २६ लाख ५० हजार र ९ केजी सुन बरामद गरेको हो। विशेष सूचनाका आधारमा प्रहरीले श्रेष्ठको घरमा खानतलासी लिएको थियो।

श्रेष्ठ मिटरब्याजी भएको दावी प्रहरीको छ। उनले बरामद भएको पैसाको स्रोत खुलाउन नसकेेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चामलको बोराभित्र राखिएको अवस्थामा पैसा भेटिएको थियो।


