काठमाडौं। जोरपाटीमा साउन १२ गते राती एक युवकलाई खुकुरी प्रहार गरेर गम्भिर घाइते बनाएका तीन जना भारतबाट पक्राउ परेका छन्।
घटनापछि फरार रहेका उनिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर ल्याएको छ। पक्राउ पर्नेमा नुवाकोटका ३३ वर्षीय सुमन तामाङ, काठमाडौंका ३४ वर्षीय लोब्साङ बोम्जन र ३२ वर्षीय कुमार तामाङ रहेका छन्।

झन्डै डेढ महिनापछि अभियुक्तहरु पक्राउ परेका हुुन्। प्रहरीका अनुसार साउन १२गते राती जोरपाटीस्थित एक रेस्टुरेन्टमा बाहिर निस्कँदै गर्दा जित मोक्तानमाथी हात र ढाडमा खुकुरी प्रहार भएको थियो।
उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। ज्यान लिने नियतले जितमाथी खुकुरी प्रहार भएको प्रहरीको दावी छ।
पक्राउ परेका लोप्साङ नेपाली कांग्रेसनिकट सिन्धुपाल्चोक तरुण दलका जिल्ला सदस्य हु्न। उनी गुन्डा नाइके झिंगे भनिने सन्जय लामा निकट मानिन्छन्।


