काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले शहिद घोषणा गरेको छ।
मन्त्रि परिषद्को सोमबारको बैठकलाई उनिहरुलाई शहिद घोषणा गरेको हो। जेनजी आन्दोलन र त्यससँग जोडिएका घटनामा देशभर कम्तिमा ७६ जनाको ज्यान गएको थियो।

त्यसरी ज्यान गुमाएकामध्ये प्रदर्शनका क्रममा कतिले गुमाएका थिए भन्ने यकिन गरेर सरकारले शहिद घोषणा गरेको जनाएको छ। यसअघि नेपाल सेनाले जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये २२ जना मात्र प्रदर्शनकारी भएको बताएको थियो।
जेनजी आन्दोलनका क्रममा १० जना कैदी, ३ जना प्रहरी र ४१ जना अन्यको ज्यान गएको सेनाको विवरणमा उल्लेख थियो। आन्दोलनका क्रममा भाटभटेनीका विभिन्न स्टोरहरुमा जलेको अवस्थामा शवहरु भेटिएको थियो।



