काठमाडौं। नेपाल प्रहरीको नयाँ प्रमुख-आईजिपीमा दानबहादुर कार्की नियुक्त भएका छन्। मन्त्रि परिषद्को सोमबारको बैठकले हाल एआईजी रहेका कार्कीलाई आईजिपीमा बढुवा गर्ने निर्णय गरेको हो।
राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह पनि आईजीपि बन्ने होडमा थिए। तर जेनजी सरकारले वरियताको पहिलो नम्बरमा रहेका कार्कीलाई आईजिपी बनाउने निर्णय गर्यो। कार्कीले आगामी कात्तिक २७ गते कार्यभार सम्हाल्नेछन्।

उनी २ वर्षभन्दा बढी नेपाल प्रहरीको प्रमुख रहनेछन्। हालका आईजिपी चन्द्रकुबेर खापुङले बुधबार रातीदेखि अनिवार्य अवकाश पाउँदैछन्, ३० वर्षे सेवा अवधिका कारण। उनी झन्डै २ महिना नेपाल प्रहरीको आईजिपी रहे।


