काठमाडौं। प्रभु बैंक ठगीमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।
प्रभु बैंकका पूर्व अध्यक्ष र वर्तमान सीईओलगायतलाई पक्राउ परिसकेको यो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबीको टोलीले शाक्यलाई पनि नियन्त्रणमा लिएको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ। उनीहरूमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

