काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतीलाई बुझाएसँगै सरकार गठनको तयारी सतहमा आएको छ। बिहीबार दिँउसो आयोगले राष्ट्रपति कार्यालय पुगेर प्रतिवदेन राष्ट्रपतिलाई बुझाएको थियो।

झन्डै दुई तिहाई बहुमत पाएको रास्वपाका शीर्ष ४ नेताहरु साँझ छलफलमा जुटेका थिए। त्यसको तस्विर उपसभापती स्वर्णिम वाग्लेले बाहिर ल्याएका थिए। शुक्रबार संसद सचिवालयले एक सूचना जारी गर्दै चैत १२ गते दिउँसो २ बजे सपथ कार्यक्रम रहेको भन्दै निर्वाचित सदस्यलाई सहभागी हुन जानकारी गराएको छ।


सपथ खाएसँगै सरकार गठनको प्रकृया अगाडि बढ्ने छ। राष्ट्रपतीले रास्वपाका संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। रास्वपाले यसअघि नै वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री बनाउने घोषणा गरिसकेकाले उनलाई औपचारिकता दिन बाँकी छ। सपथ लिएपछि मात्र संसदीय दलको नेता छान्ने रास्वपाको तयारी छ।
सम्भवत नवनियुक्त प्रधानमन्त्रीले चैत १३ गते सपथ लिनेछन्।


