काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधकारिता गगन थापा नेतृत्वको समितीलाई दिएको छ। विशेष महाधिवेशन अवैध भन्दै तत्कालिन सभापती शेरबहादुर देउवाले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि अब शेरबहादुर देउवा पक्ष के गर्छ ? चासोपूर्वक हेरिएको छ। कांग्रेसमै रहलान् की अर्को पार्टी खोल्लान? गगन थापा समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेपछि देउवा समूह त्यसलाई अवैध भन्दै सर्वोच्च अदालत पुगेको थियो। तर प्रारम्भिक सुनुवाईमा अन्तरिम आदेश जारी भएन।

यता निर्वाचन आयोगले गगन समितीलाई आधिकारिता दिएपछि नेपाली कांग्रेसले उनकै नेतृत्वमा चुनाव लडेको थियो। देउवा पक्षकै धेरै नेताहरु गगनलाई सभापती स्विकार गर्दै टिकट लिएर चुनाव लड्न पुगेका थिए। तर चुनावपछि देउवा समूहको समानान्तर गतिविधि देखियो। सर्वोच्च अदालतमा मुद्धा विचाराधिन रहेको तर्क गरेर उनिहरु गतिविधि गरिरहेका थिए। शुक्रबार सर्वोच्च अदाततले गगन समितीलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दियो, विशेष महाधिवेशनलाई मान्यता दियो।
४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेपनि देउवा नेतृत्वको केन्द्रीय समितीले विशेष महाधिवेशन आह्वान गरेको थिएनँ। त्यसपछि केन्द्रीय समितीले निर्णय नगरेपनि माग नै पर्याप्त हुने भन्दै गगन समूहले विशेष महाधिवेशन गरेको थियो।
अब देउवा पक्षको रिट खारेज भएपछि उक्त खेमाका नेताहरु पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंहलगायत पुराना नेताहरु नेपाली कांग्रेसमै रहन्छन् या अर्को पार्टी खोल्छन् वा राजनीतिबाट विदा हुन्छन् चासोपूर्वक हेरिएको छ।
हेर्नुस् सर्वोच्च अदालतको आदेश :








