काठमाडौं। क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने सपना पूर्ण विराम लगाउँदै पूर्व विजेता स्पेन विश्वकपको क्वाटरफाइनल पुगेको छ।
मंगलबार बिहान भएको खेलमा स्पेनले पोर्चुगललाई १-० गोलले हरायो। स्पेनको जितमा मिकेल मेरिनोले गोल गरे। मेरिनोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए।

३० वर्षीय मेरिनो ८५ औँ मिनेटमा ड्यानी ओल्मोको स्थानमा मैदान छिरेका थिए। स्पेनले अब सेमिफाइनल प्रवेशका लागि बेल्जियमको सामना गर्ने छ। बेल्जियमले अर्को खेलमा अमेरिकालाई ४-१ गोलले हरायो।

