
Author: एनआरएन
काठमाडौं। रास्वपाको पहिलो महाधिवेशनले रवि लामिछानेको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको छ। रवि फेरी अध्यक्षमा दोहोरिए। उनी निर्विरोध निर्वाचित भए। उपसभापतीमा स्वर्णिम वाग्ले निर्विरोध भए। उपसभापतीको महिला कोटामा सोविता गौतम विजयी भइन्। गौतमले ७८९ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत ल्याइन्। त्यस्तै, महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । उनले ६७३ मत प्राप्त गरे । उनले मनिष झालगायतलाई हराए। सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भए। महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भइन्। त्यसअघि महाधिवेशनले पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित गरेको थियो।
काठमाडौं। करिब ५ लाख जनसंख्या भएको र पहिलोपटक विश्वकप खेलिरहेको अफ्रिकी टोली केप भर्डे नकआउट चरण पुगेको छ। शनिबार बिहान साउदी अरबसँग गोलरहित बराबरी खेलेर केप भर्डै अगाडि बढेको हो। अब उसले अन्तिम ३२ को भिडन्तमा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ। केप भर्डेले पहिलो खेलमा स्पेन र दोस्रो खेलमा उरुग्वेसँग बराबरी खेलेको थियो। सुरुका दुई खेलमा बराबरीमा रोकिएको उरुग्वे शनिबार बिहान स्पेनसँग १-० गोलले पराजित भएर बाहिरिएको छ। यता स्पेन भने ७ अंकसहित अपराजित रहेर अगाडि बढ्यो। यता नकआउट चरणमा फ्रान्सले स्वीडेन र नर्वेले आईभरिकोस्टसँग खेल्ने भएका छन्। सुरुका दुई खेलमा जित हात पारेको नर्वेले शनिबार बिहान फ्रान्ससँग ४-१…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाको केन्द्रीय समितीका ९९ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक गरेको छ। को को निर्वाचित भए, हेर्नुस् सूची।
काठमाडौै। ५ पटकको विजेता ब्राजिलसँगै मोरक्को, मेक्सिको अपराजित रहँदै नकआउट चरण पुगेका छन्। बिहीबार बिहान भएका खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३-० गोलले हरायो। समूहमा ब्राजिल २ जित र एक बराबरीसहित ७ अंक जोडेर विजेता बन्दै अगाडि बढेको हो। सोही समूहको अर्को खेलमा हैटीलाई ४-२ गोलले हराएर मोरक्को पनि ७ अंकसहित अपराजित रहेर अगाडि बढ्यो। चेक गणतन्त्रलाई ३-० गोलले हराएर मेक्सिको शत प्रतिशत जितसहित अगाडि बढेको छ। मेक्सिकोले ३ खेलबाट ९ अंक जोडेको छ। दक्षिण कोरियता १-० गोलले हराएर दक्षिण अफ्रिका एक जित, एक हार र एक बराबरीसहित नकआउट चरण पुगेको छ। यस्तै क्यानडालाई हराएर स्विट्जरल्यान्ड दुई जित र एक बराबरीसहित ७…
काठमाडौं। क्रिस्टियानो रोनाल्डोको कमब्याक प्रदर्शनपछि विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५-० गोलले हराएको छ। पहिलो खेलमा तुलानात्मकरुपमा कमजोर टोली डीआर कंगोसँग बराबरीमा रोकिएपछि पोर्चुगलको आलोचना भएको थियो। दोस्रो खेलमा पोर्चुगलले सुरुवातदेखि नै दबाबपूर्ण प्रदर्शन गर्यो। रोनाल्डोले दुई तथा नुनो मेन्डेस र राफायल लियोले एक एक गोल गरे। एक गोल आत्मघाती भएको थियो। रोनाल्डोले विश्वकप तथा युरोकपमा १० खेलयता पहिलो गोल गरेका हुन्। विश्वकपमा उनको गोल संख्या १० पुगेको छ। उनी ६ वटा अलग विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। ४१ वर्षीय रोनाल्डोले सन् २००६ यताका हरेक विश्वकपमा गोल गरेका छन्। पछिल्ला अन्य खेलमा क्रोएसियाले पनामालाई १-० गोलले…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशनले रवि लामिछानेलाई निर्विरोध सभापतीमा निर्वाचित गरेको छ। सभापतीका लागि रविको मात्र उमेद्ध्वारी परेपछि उनी निर्विरोध भएका हुन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ नेता बालेन्द्र शाह बालेनको प्रस्तावमा रविको उमेद्ध्वारी परेको थियो। उनी दोस्रो कार्यकालका लागि सभापती निर्वाचित भएका हुन्। केन्द्रीय सदस्यका लागि आज मतदान हुँदै छ।
काठमाडौं। जिल्ला अदालत काठमाडौँले विजनेस भेन्चर्स मिडिया प्रालिद्वारा संचालिन विजनेसन्युज डटकममा प्रकाशित साईमेक्स ईन्क प्रालिका विषयका समाचारको सन्दर्भमा गरेको आदेशप्रति अनलाइन प्रत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला अदालत काठमाडौँले जेठ २५ गते भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिएको र निवेदन अन्तिम टुङ्गो नलागेसम्म उल्लिखित शिर्षकका संचार सामाग्री अब बिजनेश भेन्चर मिडिया समेतका संचार माध्यम तथा अनलाइन समेतमा प्रकाशन प्रसारण नगर्नू नगराउनू र प्रकाशन प्रसारण गरी सकेका उक्त सामाग्री थप संप्रेषण हुन नदिनु, आफ्ना सबै अनलाइन माध्यमबाट तुरुन्तै हटाउनू भनी विपक्षी विजनेस भेन्चर्स मिडिया प्रालिका नाममा आदेश गरेको थियो। संघद्धराा जारी विज्ञप्तीमा भनिएको छ, ‘अदालतको यो आदेशले पत्रकारिताको मुल मर्ममा…
काठमाडौं। साविक विजेता अर्जेन्टिना र उपविजेता फ्रान्स लगातार दोस्रो जित हात पार्दै जारी विश्वकपको नकआउट चरण पुगेका छन्। पछिल्ला खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २-० र फ्रान्सले इराकलाई ३-० गोलले हराए। अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुवै गोल गरे र विश्वकपको सर्वकालिन सर्वाधिक गोलकर्ता पनि भए। उनले अघिल्लो खेलमा ह्याट्रिक गरेका थिए। विश्वकपमा उनको गोल संख्या १८ पुगेको छ। यता एमबाप्पेले लगातार दोस्रो खेलमा दुई गोल गरे र विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याएका छन्।
काठमाडौं। विश्वकप फुटबलअन्तर्गत पछिल्ला खेलहरुमा पूर्व विजेता स्पेनले साउदी अरबलाई ४-० गोलले हराएको छ। स्पेनको जितमा मिकेल ओयारजबलले दुई र लेमिन यमालले एक गोल गरे। एक गोल साउदी अरबका खेलाडीबाट आत्मघाती भयो। पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनको चर्को आलोचना भएको थियो। साउदी अरबविरुद्ध यमालले १० औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। ओयारजबलको पासमा उनले गोल गरेका थिए। त्यसपछिका लगातार दुई गोल ओयारजबल आफैले गरे। उनले २१ र २४ औँ मिनेटमा गरेका थिए। दोस्रो हाफमा साउदी अरबबाट आत्मघाती गोल भएको थियो। स्पेनले यमाल र ओयारजबललाई पहिलो हाफपछि सब्स्टिच्युट गरेको थियो। यो जितपछि स्पेनको २ खेलबाट ४…
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधामा कडाइ गरेको छ । यस्तो सुविधामा राष्ट्र बैंकले सीमा तोक्दै नयाँ मार्गदर्शन जारी गरेको छ । उक्त मार्गदर्शनअनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाका सीईओको पारिश्रमिक सञ्चालक समितिबाट उपसमिति गठन गरी त्यसको सिफारिसको आधारमा मात्र निर्धारण गर्नु पर्नेछ । वाणिज्य बैंकका सीईओको वार्षिक तलब तथा भत्ता विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको अधिकतम २ प्रतिशत र अघिल्लो आर्थिक वर्षको कुल सम्पत्तिको ०.०१५ प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ । यसअघि सीईओले औसत कर्मचारी खर्चको ५ प्रतिशत…