काठमाडौँ । अमेरिकाले पर्यटक तथा व्यवसायिक भिसाका लागि नेपालसहित ५० देशमा लागु हुने गरी कडा नयाँ नियम ल्याएको छ।
बी–१ (व्यवसायिक) र बी–२ (पर्यटक) भिसाका लागि आवेदन दिँदा १० हजार वा २० हजार अमेरिकी डलर (करिब ३० लाख)सम्मको धरौटी (बन्ड)राख्नुपर्ने हुनेछ।

अल्जेरिया, अंगोला, एन्टिगुआ एन्ड बारबुडा, बंगलादेश, बेनिन, भुटान, बोत्सवाना, बुरुन्डी, केप भर्ड, कम्बोडिया, मध्य अफ्रिकी गणतन्त्र, आइभोरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, इथियोपिया, फिजी, गाबोन, गाम्बिया, जर्जिया, ग्रेनाडा, गिनी,गिनी–बिसाउ,किर्गिज गणराज्य, लेसोथो, मलावी, मौरिटानिया, मौरिसस, मंगोलिया, मोजाम्बिक, नामिबिया, निकारागुआ, नाइजेरिया, पपुवा न्यू गिनी,साओ टोमे एन्ड प्रिन्सिपे,सेनेगलका हकमा उक्त नियम लागु हुने छ।
यस्तै सेसेल्स, ताजिकिस्तान, तान्जानिया, टोगो,टोङ्गा, ट्युनिसिया, तुर्कमेनिस्तान, टुभालु,युगान्डा, भानुआटु, भेनेजुएला, जाम्बिया र जिम्बावेका हकामा पनि यो लागु हुने छ।
नयाँ नियमअनुसार सम्बन्धित देशका नागरिकले भिसा अन्तर्वार्ताअघि नै धरौटी रकम जम्मा गर्नुपर्ने छ।
यदि भिसा अस्वीकृत भयो भने रकम फिर्ता हुनेछ। भिसा स्वीकृत भई अमेरिका पुगेपछि पनि यात्रुले भिसाका सबै नियम पालना गरेमा उक्त रकम फिर्ता पाइनेछ।

