काठमाडौं। विश्वको १२ औँ अग्लो हिम शिखर पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परेर बेपत्ता भएका विश्व चर्चित निर्मल पुर्जा ‘निम्स दाई’सहित सबै १० जना आरोही मृत फेला परेका छन्।
उद्धार टोलीले सबै शवहरु शनिबारसम्म निकालेको छ। उनिहरु शुक्रबार बिहान हिम पहिरोमा परेका थिए। उक्त हिम पहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता थिए। आरोहण दल निम्स दाईको नेतृत्वमा थियो।

पूर्व ब्रिटिस आर्मी निम्स दाई विश्व कीर्तिमानी आरोही हुन्। उनले ६ महिनाको अन्तरमा विश्वका १४ वटा सर्वोच्च हिम शिखर आरोहण गरेका थिए।

