
Author: एनआरएन
काठमाडौं। लियोनल मेस्सिको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले विश्वकप फुटबलमा शानदार सुरुवात गरेको छ। अर्जेन्टिनाले बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३-० गोलले हरायो। अल्जेरियाविरुद्ध मेस्सीले 17, ६० र ७६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो। यस्तै मेस्सीको विश्वकप करियरको पनि पहिलो ह्याट्रिक। उनले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमान पनि बराबरी गरे। मेसी यो खेलमा ७९ औँ मिनेटमा सब्स्टिच्युट भए।
काठमाडौंं। एर्लिङ हालान्ड र केलियन एमबाप्पेको शानदार प्रदर्शनपछि नर्वे र फ्रान्सले विश्वकप फुटबलमा गतिलो सुरुवात गरेका छन्। बुधबार बिहान भएका खेलमा फ्रान्सले सेनेगललाई ३-१ तथा नर्वेले इराकलाई ४-१ गोलले हराए। हालान्ड र एमबाप्पे दुवैले २/२ गोल गरे। फ्रान्स र सेनेगलबीच भएको खेलमा चारवटै गोल दोस्रो हाफमा भएका थिए। एमबाप्पेले ६६ औँ मिनेटमा खाता खोले। बार्कोलाले ८२ औँ मिनेटमा अग्रता दोब्बर बनाए। इन्जुरी समयमा एमबाप्पे र सेनेगलका १८ वर्षे इब्राहिम एम्बायले गोल गरेका थिए। विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा एमबाप्पेले १४ गोलसहित मेस्सीलाई पछाडि पारेका छन्। मेस्सीको १३ गोल छ। यस्तै फ्रान्सको सर्वकालिन सर्वाधिक गोलकर्ता पनि बनेका छन्। उनको ५८ गोल पुगेको…
काठमाडौं। लियोनल मेस्सीले विश्वकप जित्न १७ वर्ष कुर्नु पर्यो, अनि अर्जेन्टिनालाई ३६ वर्ष लाग्यो फेरी विश्व विजेता हुन। बल्ल बल्ल, ४ वर्षअघि विश्व विजेता बन्ने सपना पुरा गरेका लियोनल मेस्सी के फेरी एकपटक विश्व विजेता बन्छन् त ? के अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा गर्छ त ? यतिबेला धेरै फुटबल प्रेमीको चासो छ। यस्तै अनुमान र अड्कलबाजीका प्रश्नहरुबीच मेस्सी नेतृत्वको अर्जेन्टिनाले बुधबार बिहान विश्वकप यात्रा थाल्दै छ, अफ्रिकन टोली अल्जेरियासँग प्रतिस्पर्धा गरेर। मेस्सीको कप्तानीमा अर्जेन्टिना सन् २०१४ मा फाइनलसम्म पुगेको थियो, जर्मनीले उपाधि जित्न दिएन। त्यतिबेला मेस्सीले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेर गोल्डेन बल जितेका थिए। फेरी मेस्सीकै कप्तानीमा अर्जेन्टिना अघिल्लो संस्करणमा…
काठमाडौं। ई-पासपोर्ट खरिद घोटालामा पासपोर्ट विभागका महानिर्देशक तिर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अर्याललाई मंगलबार नियन्त्रणमा लिएको छ। सेटिङमा टेन्डर खुलाएको र आफूले चाहेको कम्पनीलाई टेन्डर पारेको आरोप उनिलगायत माथी छ। यो प्रकरणमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको परिवार पनि जोडिएको बताइन्छ। आर्जु देउबा तत्कालिन परराष्ट्र मन्त्री थिइन्।
कुनै समय अनायासै सोधिएको प्रश्न थियो : यसपटक विश्वकप फुटबल कसले जित्ला ?त्यसको उत्तर पनि अनायासै निस्कियो- अर्जेन्टिना त्यतिबेला मेसी भन्ने नामसँग खास परिचय थिएन। अर्जेन्टिना कस्तो टिम हो भन्ने पनि स्पष्ट थाहा थिएन। तर मनमा एउटा मात्र आधार थियो-आफ्नो नामको पहिलो अक्षरसँग मिल्दोजुल्दो देशको नाम। अहिले फर्किएर हेर्दा त्यो चयन कुनै तर्कभन्दा बढी संयोग र भावनात्मक आकर्षण थियो— एक किसिमको ‘अक्षर – आधारित फेभोरिटिज्म’। त्यसपछि कथा केवल खेल हेर्नेमा सीमित रहेन। विश्वकप सुरु भएसँगै जर्सी खरिद गर्नुपर्ने सामाजिक दबाबजस्तै अवस्था बन्यो। समर्थकको पहिचान टिमसँग गाँसियो। जर्सी नलगाउँदा समर्थक नमानिने, लगाउँदा पहिचान स्थापित हुने अजीब वातावरण निर्माण भयो। खेल केवल…
काठमाडौं। विश्वकप फुटबलअन्तर्गत बलिया टोलीहरु स्पेन, बेल्जियम र उरुग्वे पहिलो खेलमै बराबरीमा रोकिएका छन्। पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेेले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो। ४० वर्षीय गोलकिपर वोजिन्हाले शानदार प्रदर्शन गरे। उनले स्पेनका ७ वटा प्रहार विफल बनाएका थिए। स्पेनले खेलभर २७ वटा प्रहार गरेको थियो। अर्को खेलमा बेल्जियमले इजिप्टसँग तथा उरुग्वेेले साउदी अरबसँग १-१ गोलको बराबरी खेले। इमाम आसौरले मोहमद सलाहको पासलाई सदुपयोग गर्दै २० औँ मिनेटमा इजिप्टलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा बेल्जियम बराबरीमा पुगेको थियो तर आत्म घाती गोलमा। इजिप्टका डिफेन्डर मोहमद हानीबाट आत्म घाती गोल भएको थियो। यता अर्को खेलमा ४१ औँ मिनेटमा अब्दुलेल अल अम्रीको गोलमा…
काठमाडौं। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको हो । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन नेपाल सरकारसमक्ष…
काठमाडौं । तीन दिनसम्म दरबारमार्गको दरबार रोधी क्लब लोकसंगीतको रंगमा रंगियो। एकातिर वरिष्ठ गायक प्रेमराजा महतदेखि विश्व दोङसम्मका चर्चित कलाकारले दर्शकलाई नचाए, अर्कोतिर दृष्टिविहीन तथा संघर्षरत कलाकारप्रति सहयोगको हात बढाउँदै क्लबले सामाजिक उत्तरदायित्वको उदाहरण पनि प्रस्तुत गर्यो। २९ जेठदेखि १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक उत्सवमा प्रेमराजा महतको ‘माया भेटियो बन्दीपुरैमा’, राजु परियारको ‘मिर्मिरेको घाम’, श्याम रानाको ‘रेलै सलल’ र दीपिका बयम्बुको ‘मायालाई के दिउँ म बैना’ जस्ता लोकप्रिय गीतले दर्शकलाई झुमाएका थिए। कृष्ण कँडेलले लाइभ दोहोरी प्रस्तुत गर्दै माहोललाई थप जीवन्त बनाएका थिए। कार्यक्रमकै अवसरमा दरबार रोधी क्लबले दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूको सहयोगका लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ।…
काठमाडौं। चारपटकको विजेता जर्मनीले विश्वकप फुटबलमा शानदार सुरुवात गरेको छ। उसले पहिलो खेलमा क्युरासाओलाई ७-१ गोलले हरायो। विश्वकपमा सहभागी हुने सबैभन्दा कम जनसंख्या भएको देशका रुपमा इतिहास बनाएको क्यारेबियन टापु क्युरासाओ यो खेलमा निरिह देखियो। जर्मनीको फराकिलो जितमा काई हाभार्ट्जले दुई तथा फेलिक्स मेचा, डेनिज उन्दभ, नाथानियल ब्राउन, जमाल मुसियाला, निको स्कल्टरबेकले एक एक गोल गरे। उन्दभले दुई गोलमा असिस्ट गरे। जर्मनीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो। विश्वकपमा डेब्यु टोलीले पहिलो खेलमै यति फराकिलो गोलअन्तरले पराजित भएको ७२ वर्ष यताकै धेरै हो। अन्तिमपटक दक्षिण कोरियाले हंगेरीसँग ९-० गोलको हार ब्यहोरेको थियो। विश्वकप फुटबलमा सबैभन्दा फराकिलो…
काठमाडौं। विश्वकप फुटबलमा अस्ट्रेलिया र स्कटल्यान्डले शानदार सुरुवात गरेका छन्। आइतबार बिहान अस्ट्रेलियाले टर्कीलाई २-० र स्कटल्यान्डले हैटीलाई १-० गोलले हराए। अस्ट्रेलियाको जितमा कन्नर मेटकाल्फी र नेस्टोरी इरानकुन्डले गोल गरे। यस्तै अर्को खेलमा स्कटल्यान्डका जोन म्याकगिनले निर्णायक गोल गरे।