Author: एनआरएन

काठमाडौं। क्रिस्टियानो रोनाल्डोको कमब्याक प्रदर्शनपछि विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५-० गोलले हराएको छ। पहिलो खेलमा तुलानात्मकरुपमा कमजोर टोली डीआर कंगोसँग बराबरीमा रोकिएपछि पोर्चुगलको आलोचना भएको थियो। दोस्रो खेलमा पोर्चुगलले सुरुवातदेखि नै दबाबपूर्ण प्रदर्शन गर्‍यो। रोनाल्डोले दुई तथा नुनो मेन्डेस र राफायल लियोले एक एक गोल गरे। एक गोल आत्मघाती भएको थियो। रोनाल्डोले विश्वकप तथा युरोकपमा १० खेलयता पहिलो गोल गरेका हुन्। विश्वकपमा उनको गोल संख्या १० पुगेको छ। उनी ६ वटा अलग विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। ४१ वर्षीय रोनाल्डोले सन् २००६ यताका हरेक विश्वकपमा गोल गरेका छन्। पछिल्ला अन्य खेलमा क्रोएसियाले पनामालाई १-० गोलले…

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी पहिलो महाधिवेशनले रवि लामिछानेलाई निर्विरोध सभापतीमा निर्वाचित गरेको छ। सभापतीका लागि रविको मात्र उमेद्ध्वारी परेपछि उनी निर्विरोध भएका हुन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ नेता बालेन्द्र शाह बालेनको प्रस्तावमा रविको उमेद्ध्वारी परेको थियो। उनी दोस्रो कार्यकालका लागि सभापती निर्वाचित भएका हुन्। केन्द्रीय सदस्यका लागि आज मतदान हुँदै छ।

Read More

काठमाडौं। जिल्ला अदालत काठमाडौँले विजनेस भेन्चर्स मिडिया प्रालिद्वारा संचालिन विजनेसन्युज डटकममा प्रकाशित साईमेक्स ईन्क प्रालिका विषयका समाचारको सन्दर्भमा गरेको आदेशप्रति अनलाइन प्रत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला अदालत काठमाडौँले जेठ २५ गते भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिएको र निवेदन अन्तिम टुङ्गो नलागेसम्म उल्लिखित शिर्षकका संचार सामाग्री अब बिजनेश भेन्चर मिडिया समेतका संचार माध्यम तथा अनलाइन समेतमा प्रकाशन प्रसारण नगर्नू नगराउनू र प्रकाशन प्रसारण गरी सकेका उक्त सामाग्री थप संप्रेषण हुन नदिनु, आफ्ना सबै अनलाइन माध्यमबाट तुरुन्तै हटाउनू भनी विपक्षी विजनेस भेन्चर्स मिडिया प्रालिका नाममा आदेश गरेको थियो। संघद्धराा जारी विज्ञप्तीमा भनिएको छ, ‘अदालतको यो आदेशले पत्रकारिताको मुल मर्ममा…

Read More

काठमाडौं। साविक विजेता अर्जेन्टिना र उपविजेता फ्रान्स लगातार दोस्रो जित हात पार्दै जारी विश्वकपको नकआउट चरण पुगेका छन्। पछिल्ला खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २-० र फ्रान्सले इराकलाई ३-० गोलले हराए। अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुवै गोल गरे र विश्वकपको सर्वकालिन सर्वाधिक गोलकर्ता पनि भए। उनले अघिल्लो खेलमा ह्याट्रिक गरेका थिए। विश्वकपमा उनको गोल संख्या १८ पुगेको छ। यता एमबाप्पेले लगातार दोस्रो खेलमा दुई गोल गरे र विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्‍याएका छन्।

Read More

काठमाडौं। विश्वकप फुटबलअन्तर्गत पछिल्ला खेलहरुमा पूर्व विजेता स्पेनले साउदी अरबलाई ४-० गोलले हराएको छ। स्पेनको जितमा मिकेल ओयारजबलले दुई र लेमिन यमालले एक गोल गरे। एक गोल साउदी अरबका खेलाडीबाट आत्मघाती भयो। पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनको चर्को आलोचना भएको थियो। साउदी अरबविरुद्ध यमालले १० औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। ओयारजबलको पासमा उनले गोल गरेका थिए। त्यसपछिका लगातार दुई गोल ओयारजबल आफैले गरे। उनले २१ र २४ औँ मिनेटमा गरेका थिए। दोस्रो हाफमा साउदी अरबबाट आत्मघाती गोल भएको थियो। स्पेनले यमाल र ओयारजबललाई पहिलो हाफपछि सब्स्टिच्युट गरेको थियो। यो जितपछि स्पेनको २ खेलबाट ४…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधामा कडाइ गरेको छ । यस्तो सुविधामा राष्ट्र बैंकले सीमा तोक्दै नयाँ मार्गदर्शन जारी गरेको छ । उक्त मार्गदर्शनअनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाका सीईओको पारिश्रमिक सञ्चालक समितिबाट उपसमिति गठन गरी त्यसको सिफारिसको आधारमा मात्र निर्धारण गर्नु पर्नेछ । वाणिज्य बैंकका सीईओको वार्षिक तलब तथा भत्ता विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको अधिकतम २ प्रतिशत र अघिल्लो आर्थिक वर्षको कुल सम्पत्तिको ०.०१५ प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ । यसअघि सीईओले औसत कर्मचारी खर्चको ५ प्रतिशत…

Read More

काठमाडौं। संसदमा झन्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा भइरहेको छ। पार्टी स्थापना भएयता रास्वपाले पहिलोपटक महाधिवेशन गरिरहेको हो। चितवनमा भइरहेको महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ। तर सभापतीमा रवि लामिछानेलाई चुनौती दिने कोही छैनन्, कसैले घोषणा गरेको छैन। पार्टी स्थापनादेखि रवि रास्वपा सभापती रहेका छन्। महाधिवेशनमा भोली उमेद्ध्वारी दर्ता र पर्सी मतदानको कार्यसूची रहेको छ। रवि लामिछाने पार्टी स्थापनाकालदेखि रास्वपा सभापती रहेका छन्। यसबीचमा उनी थु नामा रहेका बेला डिप अर्यालले कार्यबहाक सभापतीको जिम्मेवारी सम्हालेका थिए। रास्वपामा सभापति, वरिष्ठ नेता, १ महिलासहित ३ उपसभापति २ महामन्त्री, एक महिलासहित ५ सहमहामन्त्री , १ कोषाध्यक्ष , २…

Read More

काठमाडौं। ४ पटकको विजेता जर्मनी जारी विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। आइतबार बिहान आईभरिकोस्टलाई २-१ गोलले हराउँदै जर्मनी १२ वर्षपछि पहिलोपटक समूहगत चरण पार गर्न सफल भएको हो। जर्मनीका दुवै गोल डेनिज उन्दाभले गरे जर्मनीले यो खेल जित्न विजयी गोल इन्जुरी समयको पनि अन्तिमतिर गरेको थियो। २९ वर्षीय स्ट्राइकर उन्दाभले ६८ र इन्जुरी समयको चौथो मिनेटमा गोल गरेका हुन्। उनलाई जमाल मुसियालाको स्थानमा मैदान प्रवेश गराइएको थियो। अघिल्लो खेलमा क्युरासाओविरुद्ध पनि उन्दाभले एक गोल र २ असिस्ट गरेका थिए। त्यस खेलमा ६४ औँ मिनेटमा मुसियालाकै स्थानमा मैदान प्रवेश गरेका थिए। आइतबार बिहान भएको खेलमा आईभरिकोस्टले जर्मनीलाई निकै दबाबमा राखेको…

Read More

काठमाडौं। मेक्सिकोपछि अर्को घरेलु टोली अमेरिका पनि जारी विश्वकप फुटबलको नकआउट चरण पुगेको छ। अस्ट्रेलियालाई २-० गोलले हराउँदै अमेरिका लगातार दोस्रो जितसहित विश्वकपको अन्तिम-३२ पुगेको छ। अमेरिकाको जितमा एलेक्स फ्रिम्यानले एक गोल गरे। अर्को गोल अस्ट्रेलियाका क्यामरुन बर्गेसबाट ११औँ मिनेटमा आत्म घाती गोल भएको थियो। फ्रिम्यानले ४३ औँ मिनेटमा गोल गरेका थिए। यता ब्राजिलले हैटीलाई ३-० गोलले हरायो। ब्राजिलको जितमा म्याथ्युज कुन्हाले २ र भिनिसियस जुनियरले एक गोल गरे। ब्राजिलले तीनवटै गोल पहिलो हाफमा गरकेो थियो। पहिलो खेलमा मोरक्कोसँग १-१ गोलको बराबरी खेलेपछि ब्राजिलको आलोचना भएको थियो। ब्राजिलले अन्तिम खेल स्कटल्यान्डसँग खेल्ने छ। म्यानचेस्टर युनाइटेडका २७ वर्षे फर्वार्ड कुन्हाले २३…

Read More

काठमाडौं। घरेलु टोली मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण पुगेको छ। समूहगत चरणमा लगातार दोस्रो जित हात पार्दै मेक्सिकोले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो। मेक्सिकोले शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियालाई १-० गोलले हरायो। दक्षिण कोरियाविरुद्ध लुइस रोमोले ५० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। समूहमा २ खेलपछि मेक्सिको ६, दक्षिण कोरियाको ३ तथा चेक गणतन्त्र र दक्षिण अफ्रिकाको १/१ अंक रहेको छ।

Read More