Author: एनआरएन

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सञ्चारकर्मीलाई जानकारी दिए। मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त गरेको छ । उनले राष्ट्र बैंकको सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभागलगायत विभिन्न विभागमा रहेर काम गरेका छन्। बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गर्दै सोको सूचना नेपाल…

Read More

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान सक्न नत्र थुनामुक्त गर्न परमादेश जारी गरेको छ। निवेदकहरुले ओली र लेखकलाई गैरकानुनी प क्राउ र हिरासतमा राखिएको भन्दै थुनामुक्त गर्न माग राखेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार त गर्‍यो बिहीबारभित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ । सर्वोच्चले भनेको छ, ` ओली र लेखकलाई फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु ।´

Read More

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार दिएको अभिव्यक्तीका कारण शेयर बजारमा प्रभाव देखिएको छ। उनले नेपाल आर्थिक पत्रकार समाज-सेजनका प्रतिनिधिसँग कुराकानी गर्दै हरेक दिन पहिरो गइरहेको सेयर बजारका विषयमा सम्बोधन गरेका थिए। सेयर बजारका लगानीकर्ता नयाँ सरकारदेखि डराएको भनि उनीसँग जिज्ञासा राखिएको थियो। अर्थमन्त्रीले लगानीकर्तासँग ‘सम्पत्ति कहाँबाट ल्यायौ’ भनेर सोध्ने अवस्था नरहेको बताएका थिए। सरकारले कसैलाई धरपकड गर्ने नीति नलिएको स्पष्ट पारेका थिए। ‘यदि कसैले इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने मात्रै विद्यमान कानुन अनुसार मात्र कारबाही हुन्छ नत्र साधारण लगानीकर्ता प्यानिक हुनु आवश्यक छैन’, उनले भने, ‘ ‘शेयर बजारमा त्रास फैलाउने काम भएको छ, तर सरकारले…

Read More

काठमाडौं। सर्वोच्च अदालतले बाल श्रमको आरोपमा पक्राउ गरिएकी एमाले प्रदेश सांसद रेखा शर्मालाई थुनामुक्त गर्न आदेश दिउको छ। आइतबार सर्वोच्चले उक्त आदेश गरेको थियो। रेखा केहि दिन अघि मध्यरात पक्राउ परेकी थिइन्। त्यसपछि उनका आफन्त रेखालाई गैरकानुनी पक्राउ र हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। शर्माविरुद्ध मु द्ध चलाउन आ वश्यक नदेखिएको सर्वोच्च अदालतले आफ्नो आदेशमा उल्लेख गरेको छ। यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदा एमाले प्रदेश सांसदले बाल श्रमिक राखेको भन्दै मुद्धा चलाउन प्रहरीलाई सिफारिस गरेका थिए। त्यतिबेला शर्माविरुद्ध मुद्धा चलाउन आनाकानी गरिएको र प क्राउ नगरिएको भन्दै बालेन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली…

Read More

काठमाडौं। बालेन सरकार आएसँगै बढ्ने अपक्षा गरिएको नेपाली सेयर बजार-नेप्सेमा हरेक दिनजसो पहिरो गइरहेको छ। साताको पहिलो दिन आइतबार मात्र १०५.५ अंकले नेप्से घटेको छ। बालेन सरकार आएयता भएका ६ कारोबार दिनमा नेप्से २ सय ७३ अंकले घटिसकेको छ। लगातार भारी गिरावट आएसँगै लगानीकर्ताहरुको तनाव बढिरहेको छ। एकथरी लगानीकर्ताहरु बजार सुधार हुने आशामा रहेर होल्ड गरिरहेका छन् भने अर्काथरी लगानीकर्ताहरु थप नोक्सान हुने डरमा विक्री गरिरहेका छन्। आइतबार झन्डै ३ करोड १२ लाख कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भयो। बालेन सरकार आएयता नेपाली सेयर लगानीकर्ताले झन्डै साढे…

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती डोलप्रसाद-डिपि अर्याल सभामुख बनेका छन्। उनी निर्विरोध निर्वाचित भएका हुन्। सभामुखमा उनको मात्र उमेद्ध्वारी परेको हो। दुईपटक प्रत्यक्ष निर्वाचित सांसद अर्याल यसअघि गृह मन्त्री बन्ने चर्चा थियो। तर सुदन गुरुङले गृह मन्त्रालय दावी गरेपछि उनलाई सभामुखको अफर गरिएको थियो पार्टी नेतृत्वबाट। त्यसका लागि उनी तयार भएका थिए। सभामुखका रुपमा अब प्रतिनिधि सभा बैठक सन्चालन गर्ने जिम्मेवारी उनको हुने छ।

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती डिपि अर्याल समामुख बन्ने पक्का भएको छ। आइतबार हुने सभामुखको निर्वाचनका लागि अर्यालको मात्र उमेद्धवारी परेपछि उनी सभामुख बन्ने पक्का भएको हो। अर्याल यसअघी बालेन सरकारमा गृहमन्त्री बन्ने चर्चा थियो। तर सुदन गुरुङले गृह मन्त्रालय दावी गरेपछि रास्वपाले अर्याललाई ब्याक गराएको थियो। संसदमा झन्डै २ तिहाई बहुमत रास्वपाको भएका कारण अन्य दलले उमेद्ध्वारी दिने आँट गर्न सकेनन् वा आवश्यक ठानेनन्। अर्याल काठमाडौंबाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी अघिल्लोपटक पनि प्रत्यक्षतर्फ निर्वाचित सांसद थिए। रवि लामिछाने थुनामा रहेका बेला पार्टीको कार्यबहाक सभापतीको जिम्मेवारी अर्यालले नै पाएका थिए।

Read More

काठमाडौं। चर्चित ‘विचौलिया’ दीपक भट्ट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले भट्टलाई पक्राउ गरेको हो। सम्पत्ती शुद्धिकरणको कसुरमा अनुसन्धानका लागि भट्टलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। राजनीतिक शक्ति केन्द्रसँगको पहुँचका आधारमा ठुल्ठुला सेटिङमा भट्ट सहभागी हुने गरेको लामो समयदेखि चर्चा हुँदै आएको थियो।

Read More

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको भाडा दोब्बर बढाएको छ। पश्चिम एसियामा जारी इरान-इजरायल द्वन्द्वले ऊर्जा क्षेत्र नराम्ररी प्रभावित भएपछि मुल्य महँगिएको हो। त्यसको असर नेपालमा पनि प्रत्यक्ष देखिएको छ। निगमले मंगलबार गरेको नयाँ मूल्य समायोजनअनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य साविक प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ, जुन अहिलेसम्मकै उच्च हो। यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौं मा हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर ९६६ अमेरिकी डलरबाट बढेर १,७८५ डलर पुगेको छ। पोखरा मा ८०१ डलरबाट बढेर १,७३२ डलर पुगेको छ भने भैरहवा मा ७८९ डलरबाट बढेर १,७१६ डलर निर्धारण गरिएको छ।

Read More

काठमाडौं। नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले उधोगी व्यवशायी मैत्री वातावरण तयार गर्ने प्रतिवद्धता जनाएका छन्। सोमबार भेट्न आइपुगेको नेपाल उधोग वाणिज्य महासंघ-एफएनसीसीआई प्रतिनिधिसँग कुरा गर्दै वाग्लेले अब उधोगीले कुनैपनि बहानामा दुख नपाउने बताए। उधोगी व्यवशायीलाई नवनियुक्त अर्थमन्त्री वाग्लेले भने, ‘ अब घु स खुवाउन, कामकाजमा लाइन लाग्न र थुनि नु पर्दैन।’ अध्यक्ष चन्द्र ढकाल नेतृत्वको एफएनसीसीआई प्रतिनिधि टोलीले अर्थमन्त्रीलाई भेटेको हो।

Read More