Author: एनआरएन

काठमाडौं । क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन् । कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानबाटै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन् । अब यही समर्थन देखाउने सूचीमा अर्को नयाँ तरिका थपिएको छ । त्यो हो, आफ्नो फेभरेट टिमको लोगो भएको एक्स्ट्रीम इनर्जी ड्रिङ्को क्यान ।नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनकलाई थप विशेष बनाउन एक्स्ट्रीमले सात वटा टोलीको लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ ।एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रुपमा साझेदारी गरेको छ,…

Read More

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । प्राधिकरणबाट जारी अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझका क्रममा पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार प्राधिकरणको निर्देशन नमानेको, स्वीकृत प्याकेजअनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढी शुल्क लिएको, स्वीकृत प्याकेजभन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई तोकिएको समयमा जानकारी नदिएको लगायतका विषयमा कारबाही…

Read More

काठमाडौं। नेपालले आगामी चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रिय-ओडीआई मान्यता जोगाएको छ। विश्वकप लिग टुको यो साइकलमा छैटौँ स्थान हात पारेपछि नेपालले ओडीआई मान्यता जोगाएको हो। सन् २०१८ मा पहिलोपटक एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले त्यसयता लगातार जोगाइरहेको छ। आईसिसीले हाल ८ वटा एसोसिएट राष्ट्रलाई ओडीआई मान्यता दिइरहेको छ। १२ टेस्टसहित विश्वका १८ वटा राष्ट्र हाल ओडीआई मान्यताप्राप्त रहेका छन्। विश्वकप लिग-२ मा यसपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले शीर्ष ६ टोलीले ओडीआई मान्यता जोगाउछन् भनेर औपचारिक निर्णय सार्वजनिक गरेको छैन तर लामो समयदेखि चर्चामा रहेको थियो। सोमबार नेपालले ओमानलाई हराएर अंक तालिकाको छैटौँ स्थानमा रहेपछि एसियाली क्रिकेट काउन्सिल-एसिसीले भने ओडीआई मान्यता जोगाएको…

Read More

काठमाडौं। नेपालले विश्वकप लिग-२ अंक तालिकाको शीर्ष ६ भित्र स्थान बनाउन अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने भएको छ। ओमानमा भइरहेको अन्तिम शृंखलाको पछिल्लो खेलमा क्यानडासँग पराजित भएपछि नेपाल निकै दबाबमा देखिएको छ। शृंखलामा नेपालले सुरुका दुई खेल जितेकामा तेस्रो खेलमा क्यानडासँग २४ रनले पराजित भएको थियो। विश्वकप लिग-२ को शीर्ष ६ टोलीले सोझै एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगा‍उने चर्चा छ तर आधिकारिक निर्णय भने सार्वजनिक भएको छैन। ३५ खेलबाट नेपालको २८ खेल छ। सबै ३६ खेल खेलिसकेको क्यानडा २९ अंकसहित छैटौँ स्थानमा रहेको छ।

Read More

काठमाडौं, असोज ३०। सरकारले सरकारी खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादनको प्रयोग बढाउने नीति अघि सारेसँगै सडक निर्माणमा समेत आयातित बिटुमिनमा आधारित कालोपत्रेको विकल्पलाई प्राथमिकता दिने भएको छ। मन्त्रिपरिषद्ले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गरेपछि सरकारी आयोजना निर्माणको योजना, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रियामै स्वदेशी सामग्रीको प्रयोग सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको हो। निर्देशिकाअनुसार सडक, पुल तथा अन्य पूर्वाधार निर्माण गर्दा प्राविधिक रूपमा उपयुक्त स्वदेशी विकल्प उपलब्ध हुँदाहुँदै विदेशी सामग्री प्रयोग गर्नैपर्ने गरी डिजाइन बनाउन पाइने छैन। सडक निर्माणमा आयातित बिटुमिनमा आधारित कालोपत्रेको विकल्पका रूपमा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक, स्थानीय ढुङ्गा तथा अन्य उपयुक्त…

Read More

काठमाडौं । झन्डै दुई तिहाईको सरकारले राजदुतका लागि सिफारिस गरेका दुई जनाको नाम अस्विकृत भएको छ। संसदीय सुनुवाई समितीले उनिहरुलाई अस्विकृत गरेको हो। साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम समितिले अस्वीकृत गरेको छ। विभिन्न १० देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ। समितिको बुधबार बसेको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो। समितिबाट अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलराज पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर…

Read More

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । वनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफ जेड एफ आई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा खुसी थपिएको छ । पुरस्कार जित्दाको अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता संजोग रिमालले भने, ‘क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने सोचेकै थिइनँ । पुरस्कार…

Read More

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो सार्वजनिक भएपछि आन्तरिक छानबिन थालेको छ। रास्वपाले सुनारलाई माननीयका हैसियतमा औपचारिक कार्यक्रमहरुमा सहभागी नहुन पनि निर्देशन दिएको छ। सोमबार जनआस्था डटकमले खगेन्द्र र एक महिलाबीचको सम्वादको अडियो भन्दै सार्वजनिक गरेको थियो। उक्त अडियोमा खगेन्द्रले ती महिलामाथी अश्लिल गालि गलौज र धम्कि दिएको सुनिन्छ। जनआस्थाका अनुसार खगेन्द्रले ती महिलासँग ब्ल्याकमेलिङ पनि गरेका थिए। ती महिला तत्कालिन सांसद रहेको पनि जनआस्थाको दावी छ। खगेन्द्रले यो अडियोबारे कुनै प्रतिक्रिया दिएका छैनन्। पछिल्लो समय निकै विवादमा रहेका खगेन्द्रले नेपाल प्रहरीका आईजीपि दानबहादुर कार्कीमाथी दिएका अभिव्यक्तीका कारण चर्चामा रहेका थिए। प्रहरीको पोसाक खरिदमा…

Read More

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो। बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबिएफटी) र फोनपे क्यूआर कारोबारमा ग्राहकहरूलाई सहज भुक्तानी सेवा उपलब्ध गराउँदै सबैभन्दा बढी कारोबार गर्न सफल भएकाले बैंकलाई यी दुई विधामा पुरस्कृत गरिएको जनाइएको छ। ग्राहकलाई सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै डिजिटल भुक्तानी…

Read More

काठमाडौं : काठमाडौंको बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुमको सञ्चालनमा आएको छ । सोमबार बालाजुस्थित ग्यालेक्सी फिटनेस सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिकेटर कुशल भुर्तेलले गरेका हुन् । सोही अवसरमा क्रिकेटर भुर्तेललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ । ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौतामा भुर्तेल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीबीच हस्ताक्षर भएको छ । सोरुमको उद्‌घाटन गर्दै ब्रान्ड एम्बासडर भुर्तेलले ग्यालेक्सी फिटनेससँग जोडिन पाउनु खुसीको कुरा भएको बताए । ग्यालेक्सी फिटनेससँगको नयाँ सहकार्यले आफूलाई थप हौसला मिलेको पनि भुर्तेलको भनाइ छ । क्रिकेटर मात्रै नभई सबै खेलाडीलाई फिटनेसको महत्व हुने भएकाले सहकार्यबाट उर्जा मिलेको भुर्तेलले बताए । ‘खेलाडीलाई फिटनेस अत्यावश्यक…

Read More