काठमाडौं। काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा भएको अराजक गतिविधिमा संलग्नहरुको खोजी प्रहरीले गरिरहेको छ।
तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुलाई प्रहरीले पछ्याइरहेको छ। यसैक्रममा सोमबार केहीलाई पक्राउ गरेको छ जसमा त्यस दिन जलाइएको घरभित्र देखिएकी युवती पनि छिन्। आफुलाई राजावादी भन्ने पूर्व पत्रकार एनी कुँवरलाई प्रहरीले पक्राउ गरेको हो।

उनले जलिरहेको घरबाट बाहिर निस्किएर लाइभ गर्दै उद्धार गर्न अपिल पनि गरेकी थिइन्।


