काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ७ जना नायब महानिरिक्षक-डीआईजीको सरुवा गरेको छ। आइतबार गरिएको सरुवाले ६ वटा प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।
कोशी प्रदेशमा इश्वर कार्की, मधेश प्रदेशमा उमाप्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल, गण्डकी प्रदेशमा दिनेशकुमार आचार्य पुगेका छन्।

यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राजेन्द्रप्रसाद भट्ट र सुदुर पश्चिम प्रदेशमा डम्बरबहादुर विक पुगेका छन्। प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्छन्।
यस्तै केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीमा गोविन्द थपलिया पुगेका छन्। सीआईबीको नेतृत्व एआईजीले गर्छन्।
बढुवाका कारण चारवटा प्रदेश प्रमुख रिक्त भएको थियो भने दुईमा अनिवार्य अवकाशका कारण रिक्त थिए। कर्णाली प्रदेशका प्रहरी प्रमुख मात्र नफेरिएका हुन्।


