काठमाडौं। क्रिकेटर आदिल आलममाथी लगाइएको प्रतिबन्ध फुकुवा भएको छ। नेपाल क्रिकेट संघ-क्यानले सोमबार प्रतिबन्ध हटाएको हो। अब उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न खुला भएका छन्।
यसअघि नेपाल टी-२० दौरान स्पट फिक्सिङ गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसपछि उनीमाथी प्रतिबन्ध लगाइएको थियो। तर अदालतबाट उनले सफाई पाएका थिए। सफाई पाएपनि प्रतिबन्ध खुला भएको थिएन।

प्रतिबन्ध फुकुवा भएसँगै अब आफु क्रिकेटमा फर्कने आदिलले उल्लेख गरेका छन्।


