काठमाडौं। सर्वोच्च अदालतले तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेता रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ।
सर्वोच्च अदालतले शुक्रबार मिश्रलाई जिम्मा जमानीमा छाड्न आदेश गरेको हो। मिश्रलाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो।

उनीविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधलगायत कसुर लगाएर अनुसन्धान सुरु भएको थियो। मिश्रलाई राजनीतिक प्रतिशोध साँधेर हिरासतमा राखिएको भन्दै आलोचना पनि भइरहेको थियो।
बैशाख ३० गते मिश्रकी श्रीमती सारिकाले बन्दी प्रत्यक्षिकरणको रिट सर्वोच्च अदालतमा दायर गरेकी थिइन्। सर्वोच्च अदालतले मिश्रमाथी हुनुपर्ने अनुसन्धान अधिकांश सकिएको भन्दै सर्वोच्चले हिरासतमा राखिरहनु आवश्यक नरहेको आफ्नो आदेशमा उल्लेख गरेको छ।
कुमार चुँढाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले खोजेका बखत उपस्थित गराउने गरि मिश्रलाई छाड्न आदेश दिएको छ।



