काठमाडौं। चीनबाट सामान लिएर काठमाडौं आउँदै गरेको कन्टेनरभित्र साढे ७ केजी सुन भेटिएको छ।
रसुवा प्रहरीले रसुवागढीमा बा ४ ख ६२०१ नम्बरको डब्बा कन्टेनरबाट ७ केजी ६ सय ५३ ग्राम सुन बरामद गरेको हो।

चालक बस्ने क्याबिनको ढोका नजिकै फल्स बटन बनाएर सुन लुकाएर ल्याइएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले चालक २४ वर्षीय किशोर कुमार भुजेललाई पक्राउ गरेको छ।
उनी गोसाईकुन्ड गाउँपालिका-५ स्याफ्रुका स्थानीय हुन्। प्रहरीले बरामद सुनसहित चालक र कन्टेनरलाई भन्सार कार्यालय टिमेर बुझाएको छ।


