काठमाडौं। न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायधिश नियुक्तीका लागि सिफारिस गरेको छ। वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालतका जनकपुरका मुख्य न्यायधिश श्रीकान्त पौडेल र उच्च अदालत दीपालयका मुख्य न्यायधिश शान्ति सिंह थापा सिफारिस भएका हुन्।
चारवटा दरबन्दी खाली भएपनि तीन जनालाई मात्र सिफारिस गरिएको छ। सर्वोच्च अदालतमा प्रधान न्यायधिशसहित २१ जना न्यायधिश रहन्छन्। सिफारिस भएका तीन जना संसदीय सुनुवाईबाट अनुमोदन भएपछि मात्र न्यायधिश नियुक्ती हुनेछन्।

सिफारिस भएका तीन जना सर्वोच्च अदालतको न्यायधिश नियुक्त भएपनि यी कोही पनि प्रधान न्यायधिश बन्ने छैनन्।


