काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर बनेको एक महिनापछि पौडेलले नेपाल राष्ट्र बैंकमार्फत आफ्नो सम्पत्ती सार्वजनिक गरेका हुन् ।
पौडेलको सम्पत्ती धेरैजसो सम्पत्ति श्रीमती प्रतिभा शर्माको नाममा रहेको विवरणमा उल्लेख छ ।यस्तै पैतृक सम्पत्तीबाट धेरै सम्पत्ती जोडेको उल्लेख गरिएको छ।

विवरण अनुसार शर्माको नाममा ललितपुरको सैँबुमा ५ आना २ दाम क्षेत्रफलमा फैलिएको जमिन र सोही जग्गामा बनेको घर छ।
नवलपरासीको गैँडाकोटमा शर्माकै नाममा ५ कट्ठा भन्दा बढी जमिन छ।
पौडेलसँग रहेको सम्पत्तीको ठुलो हिस्सा सेयर लगानीमा रहेको देखिएको छ। उनीसँग करिब १४ करोड रुपैयाँ बराबरको शेयर छ । यसमध्ये करिब ९२ लाखको सेयर साधारण र बाँकी प्रोमोटर शेयर रहेको छ ।
त्यस्तै, गभर्नर पौडेल र उनको परिवारसँग कुल ४५ तोला सुन छ । १५ लाख रुपैयाँ बराबरको हिरा पनि रहेको उल्लेख गरकेा छन्।
गभर्नरसँग नगद सम्पत्तितर्फ करिब २१ लाख रुपैयाँ छ ।

