काठमाडौं। विवादित ठेकेदार मनोज भेटवाल फेरी पक्राउ परेका छन्। काठमाडौं प्रहरीको टोलीले शुक्रबार बिहान कटवाललाई पक्राउ गरेको हो।
सिंहदरबार प्रहरी वृत्तको नियन्त्रणमा रहेका भेटवाललाई काठमाडौं प्रहरी परिसरको जिम्मा लगाउने तयारी भइरहको डीएसपी गंगा पौडेलले जानकारी दिए। भेटवालविरुद्ध परिसरमा बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो।

भेटवाल यसअघि पनि बैंकिङ कसुरलगायत मुद्धामा पक्राउ परेका थिए।


