काठमाडौं। तिब्बतको लेन्दे खोलामा आएको बाढीले चीनसँगको प्रमुख नाका रसुवागढीबाट अझै २० जना हराइरहेका छन् भने ५ जनाको शव भेटिएको छ।

लेन्दे खोला नेपालमा आएर मिसिएपछि त्यो भोटोकोशी बन्छ। भोटेकोशीमाथी, नेपाल र तिब्बतलाई जोड्ने मितेरी पुल बगाएको छ।
भोटेकोशी किनारमा रहेका संरचनाहरुमा नराम्रोसँग क्षति पुगेको छ भने सडकहरु पनि भत्किएका छन्।


