पोखरा । सिन्धुलीबाट हराएको १६ जनाको हायू परिवार कास्कीमा भेटिएको छ। उनिहरु सबै कास्कीको गगनगौंडामा फेला परेका छन् ।
गगनगौँडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको दुईवटा घरमा बसिरहेको अवस्थामा प्रहरीले उनिहरुलाई फेला पारेको हो।

सिन्धुलीको गोलन्जोर गाउँपालिक-६ मा एकान्त ठाउँमा बस्दै आएको उर्मिया हायुको परिवार सोमबार बिहान घरमा नभएको पाइएको थियो। अन्तिमपटक गत बिहिबार उनीहरुलाई देखेको स्थानीयले बताएका थिए। त्यसपछि उनिहरुको खोजि सुरु भएको थियो।
प्रहरीले भेटाएपछि हायु परिवारका सदस्यले काम खोज्न आएको बताएका छन्। उर्मिला हायु ६ छोरा र ५ छोरीसहित सम्पर्कविहिन भएकी थिइन्।


