काठमाडौं । सरकारले कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ। २२ वटा ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण मागिएको छ।
स्पष्टीकरण चित्तबुझ्दो नभए कालोसूचीमा राखिने छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सम्बन्धित कार्यालयले कालोसूचीमा राख्न भनेर सिफारिस गरेकाले सातदिने स्पष्टीकरण मागिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुरुमा ३० दिनको म्याद दिएर स्पष्टीकरण माग्दा पनि उनिहरुले बुझाएका थिएनन्न। त्यसपछि सात दिने पत्र काटिएको हो।
सडक डिभिजन नुवाकोटको सिफारिसपछि टेम्पा नुर्बु तामाङ मुख्य व्यक्ति रहेको गरिबी उद्धार ज्ञानेन्द्र घले एण्ड कुमार निर्माण सेवा, रेव कुमार पौडेल मुख्य व्यक्ति रहेको गौरीगाई निर्माण सेवा, राजु तितुङ तामाङ मुख्य व्यक्ति भएको लोबेन निर्माण सेवा, नबिन घले मुख्य व्यक्ति भएको मनकामना कन्स्ट्रक्सन प्रालि, सानुमाया लामा मुख्य व्यक्ति भएको शिलाकन्या देवी कन्स्ट्रक्सन प्रालि र गोसबहादुर तामाङ मुख्य व्यक्ति भएको लाङलाङ/मानेज्यार्सा जेभीलाई कालो सूचीमा राख्ने तयारी भएको छ।
नेपाली कांग्रेसका सांसद कान्छाराम तामाङको कम्पनी हो कान्छाराम कन्स्ट्रक्सन। तल हेर्नुस्- कुन कुन कम्पनि ककसको सिफारिसमा कालो सूचीमा राख्ने तयारी भइरहेको छ ?



