काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक -आईजीपी चन्द्रकुवेर खापुङलाई बिहीबार दर्ज्यानी चिन्ह लगाइएको छ।
गृह मन्त्रालयद्धारा आयोजित एक समारोहकाबिच गृहसचिब गोकर्णमणि दुवाडीले नवनियुक्त महानिरीक्षक खापुङलाई दज्र्यानी चिन्ह लगाई दिए।
नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले समारोहमा बोल्दै आफूले सकेको राम्रो गर्ने बताए ।

‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन’ उनले भने,’सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा रहेको छ।’
अपराध अनुसन्धानमा गहिरो चुनौती रहेको भन्दै खापुङले कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए ।
बिहीबार कार्यकाल सुरु हुने खापुङ आगामी कात्तिक २६ गतेसम्म नेपाल प्रहरीको आईजिपी रहनेछन्। यसअघि दीपक थापाले झन्डै साढे ५ महिना आईजिपी भएर बुधबार रातीबाट अवकाश पाएका थिए।


