काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावशायीक तालिम परिषद्-सिटिईभिटीले विदेशको सम्बन्धन भन्दै मान्यता नलिई सिपमुलक तालिम सन्चालन भएको पाइएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
एक विज्ञप्ती जारी गर्दै सिटिईभिटीले त्यसरी सिपमुलक तालिम सन्चालन गर्न नपाइने र अवैध हुने जनाएको छ। सिटिईभिटीले अवैध रुपमा त्यस्ता तालिम सन्चालन गर्ने संस्थाहरुको विवरण भने खुलाएको छैन।

नेपालभर सन्चालन हुने जुनसुकै सिपमुलक तालिम प्रदायक संस्थाले सिटिईभिटीबाट अनिवार्य सम्बन्धन स्विकृती लिनुपर्ने र विदेशी शिक्षण संस्थाको सम्बन्धनका हकमा शिक्षा मन्त्रालयबाट अनिवार्य स्विकृती लिनुपर्ने जनाएको छ।
नेपालमा लामो समयदेखि तालिम प्रदायक संस्थाहरुले सम्बन्धित निकायबाट स्वीकृती नलिई प्रि-डिप्लोमा र डिप्लोमा कोर्सका तालिम सन्चलन र प्रमाणपत्र वितरण गर्दै आएका छन्।
सम्बन्धित निकायहरुले आँखा चिम्लिँदा उनिहरुले विदेशको सम्बन्धन भन्दै महँगो शुल्क लिने गरेका छन्।



