काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले चैत दोस्रो साताभित्र सरकार गठन हुने बताएको छ। रास्वपाका मनिष झाले आइतबार पार्टी कार्यालयबाहिर सन्चारकर्मीसँग बोल्दै सरकार गठनका लागि अझै १० दिन लाग्ने बताएका छन्।
निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छैन। अब केहि दिनभित्रै आयोगले उक्त परिणाम सार्वजनिक गरेर प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने छ जसमा २ सय ७५ जना सांसद को को छन्, कुन कुन पार्टीका छन् लगायत उल्लेख हुने छ। त्यसपछि रास्वपाले सरकार गठनका लागि दावी गर्न सक्छ।

सरकार गठनका लागि पहिलो विकल्पका रुपमा एकल बहुमत प्राप्त दलले सरकार गठन गर्ने भन्ने छ। रास्वपाले एक सय ८२ सिट जितेकाले उसले सजिलै सरकार गठन गर्न सक्ने छ। एकल सरकार बनाउन एक सय ३८ सिट आवश्यक थियो।


