स्पेनलाई बराबरीमा रोकेपछि केप भर्डेका गोलकिपर भोजिन्हा रोए र आमालाई सम्झिएर भक्कानिएको कुरा पछि खोले : भिसा समस्याका कारण मेरी आमाले यहाँ आएर मेरो खेल हेर्न पाइनन्।
अमेरिकाले चासो दियो। रोयटर्सका अनुसार ५९ वर्षीया एना क्यान्डिडा इभोरा अमेरिका आएर छोराको खेल हेर्न चाहन्थिन्। तर भिषाका लागि धरौटीलगायतका शर्तहरुले इभोराले आँट्न सक्ने अवस्था भएन।

उनी हाउस क्लिनर हुन्। रोयटर्सलाई अमेरिकी प्रशासनले बताएअनुसार इभोराले भिषा अप्लाई नै गरेकी थिइनन्। भोजिन्हाको बहादुरीपूर्ण प्रदर्शनपछी उनी यति भाइरल भए की सायद इभोराको अमेरिका आएर छोराको खेल हेर्ने सपना पुरा हुँदे छ।
विश्वकपमा अघिल्लोपटक मोरक्कोका खेलाडीरले आफ्नी आमाहरुसँग खेलपछि साँटेको खुसी भाइरल बनेको थियो। उनिहरुले कतारमा आमालाई लिएर आएका थिए। मोरक्कोले ऐतिहासिक यात्रा तय गर्दै सेमिफाइनल पुग्दा हरेकपटक आमाहरु समाचारमा छाए। खेलकुदका मन्चहरुमा आफ्ना बुबा-आमाप्रति खेलाडीले देखाएको सम्मान र मायाका यस्ता थुप्रै घ टनाहरु छन्, विगतमा देखिएको छ।
बुधबार बिहान विश्वकपको आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३-० गोलले हरायो। कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे। पहिलो गोल गरेपछि उनी रोएका थिए। उनी किन रोए ? यो गोलकै कारण रुनुपर्ने खालको अनुमान गर्न सकिने कुनै कारण थिएन।
खेलपछि उनलाई किन रुनु भएको भनेर पत्रकारले सोधेका थिए। मेस्सीले खेलभन्दा बाहिरको कारणले उल्लेख गरे। तर प्रष्ट पारेनन्। आफु अप्ठेरो र जटिल दिनहरुबाट गुज्रिएर आएको भन्दै त्यसबाट माथी निस्कन अर्जेन्टिनी व्यवस्थापन र टिमले सहयोग गरेको उल्लेख गरे। त्यसपछि अर्जेन्टिनीलगायत मिडियाहरुले मेस्सीका बुबा जर्ज विरामी भएको भनेर उल्लेख गरेका छन् र मेस्सी रुनुको पछाडि कारण त्यसैलाई अगाडी सारेका छन्। ६८ वर्षीय जर्ज गम्भिर बिरामी भएको उल्लेख गरिएको छ।
जर्ज मेस्सीका एजेन्ट र बिजनेस म्यानेजर दुवै हुन्। पछिल्ला दिनहरुमा जर्जको अवस्था अझ बिग्रदै गएको भनेर अर्जेन्टिनी पत्रकारहरुले उल्लेख गरेका छन्। गत जनवरीमा उनी विरामी भएपछि अस्पताल भर्ना भएको र त्यसपछि स्वास्थ्यसँग जुधिरहेको भनेर समाचार आएका छन्।
फुटबलको प्यासनेट फ्यान हुन् जर्ज। मेस्सीको लोभलाग्दो करियरमा जर्ज सँधै उनको वरिपरि रहेका छन्।

