काठमाडौं : पूर्व विजेता फ्रान्ससँगै मोरक्को जारी विश्वकप फुटबलको क्वाटरफाइनल पुगेका छन्। आइतबार बिहान भएको खेलमा फ्रान्सले पाराग्वेलाई १-०गोलले हरायो। फ्रान्सको जितमा केलियन एमबाप्पेले निर्णायक गोल गरे। उनले ७० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
अर्को खेलमा मोरक्कोले क्यानडालाई ३-० गोलले हराएर अन्तिम ८ यात्रा तय गरेको हो। मोरक्कोको जितमा अज्जेदिन उनाहीले २ र सोफियान रहिमीले एक गोल गरे। मोरक्कोले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्ने छ।


