काठमाडौं। साविक विजेता अर्जेन्टिना जारी विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। अर्जेन्टिनाले इजिप्टलाई ३-२ गोलले हराएर अन्तिम ८ यात्रा तय गरेको हो।
अर्जेन्टिनाको जितमा क्रिस्टियन रोमेरो, लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गरे। ७८ औँ मिनेटसम्म इजिप्ट २-० गोलले अगाडि थियो। तर अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो।

अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्ने छ। स्वीट्जरल्यान्डले कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्यो।

